प्रचण्ड दुरदर्शी नेता हो, उहाँ जस्तो भविष्यवाणी नेता पाउनु देशको गौरव हो : पुर्व मन्त्री महेश बस्नेत

काठमाडौँ । सर्वोच्च अदालतले  केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै  बदर गरिदिएको छ ।

सर्वोच्चको फैसला पछि यसको पक्ष र विपक्षमा आ-आफ्नै धारणाहरु सामाजिक सञ्जालमा आइरहेका छन । पुर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य महेश बस्नेतले आफ्नो धारणा राख्दै यहाँ जे भइरहेको छ प्रचण्डले बोलेका कुराहरु नै भइरहेको छ, प्रचण्डको भविष्यवाणी कसरी मिल्छ भन्ने अभिव्यक्ति राखेका छन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो अन्तरिम आदेशपछि उपप्रधानमन्त्रीमा विष्णु पौडेल मात्र कायम रहेका छन् । मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठ कायम रहेका छन् ।

जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका ओलीले त्यसपछि दुई पटक मन्त्रिपरिषद् विस्तार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेका थिए । ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

सर्वोच्चले केपी वलीले गरेको गैर संवैधानिक मन्त्रीमण्डल विस्तार वदर गरेपछि केपी समुहका धेरै नेताहरुको भने बोली बन्द भएको छ । नेताहरु खासै वोलेको देखिदैन भने केहि सामान्य कार्यकर्ता मात्रै केही बोलेको दखिन्छ ।

यो फैसलाले राजपा महन्त ठाकुर पक्ष जुन सरकारमा सहभागि भएको छ, उनिहरु फेरि उपेन्द्र पक्ष नै सहभागि हुने देखिन्छ र गठबन्धन वलियो वनेको छ ।

सर्वोच्चको फैशला पछि पुर्वमन्त्री तथा केपी समुहका नेता महेश बस्नेतले भने प्रतिक्रिया दिएका छन । उनको प्रतिक्रिया भने प्रचण्ड संग सम्बन्धित छ । गैर संवैधानिक प्रक्रिया बाट मन्त्रीहरु नियुक्त गर्दा चाहि गृहमन्त्रीको लाइनमा लागेका बस्नेतले गृह नपाए पछि सामाजिक सञ्जालमा दुखेसो पोखेका थिए ।

कानुन विपरित भएको मन्त्री मण्डल विस्तारको सर्वोच्चले रोकेपछि नेता वस्नेतले तुरुन्तै सामाजिक सञ्जाल फेशबुकमा धारणा सार्वजनिक गरेका थिए ।

उनले लेखेका छन “हिजो हिजो माओबादी अध्यक्ष प्रचण्डले धादिङमा आफुले प्रप्त गरेको बिशेष सूचना भनेर जे बोल्नु भएको थियो आज प्रतिनिधिसभा विघटन पछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधान न्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो ।”

उनको यो अभिव्यक्तिलाइ धेरैले प्रचण्डको दुर्दशिता स्विकार गरेको बुझेका छन ।

उनले लेखेका छन “यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने । अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन् । कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् । कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन ।

राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने गर्दछ त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ । जे होस अन्तरिम अदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद बिघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्विकार गरेको देखियो ।”

उनको यस अभिव्यक्तीमा हजारौँ प्रतिक्रियाहरु आएका छन र धेरेले उनको यस अभिव्यक्तीको विरोध गरेका छन भने प्रचण्डको भविष्यवाणी स्विकार गरेकोमा धन्यवाद पनि दिएका छन । चर्चित अभियन्ता दिल निसानी मगरले लेखेका छन, “प्रचण्ड दुरदर्शी नेता हुन् । जे मुखमा आयो त्यो बोल्दैनन् । राजनितीक रुपमा प्रचण्डको जित भएको छ ।”

त्यसै गरि युवा नेता अशोक भण्डारी ले पनि गणतन्त्रको कुरा जोडेर यस्तो प्रतिक्रिया दिएका छन । उनले बस्नेतको पोष्टमा यस्तो प्रतिक्रिया दिएका छन, “गणतन्त्र आएपछि तिमीहरुले नि यहि भन्थियो है, प्रचण्डले गणतन्त्र आउँछ आउँछ भन्थिए अहिले ठ्याक्कै मिलेछ ।”

गुण्डागर्दीको आरोप खेपेका महेश वस्नेत को हुन त उनको विगत वारे उनी स्वयम यस्तो वताएका छन । असार ९, २०७८ ।

महेश बस्नेतको स्मृति स् अनि कन्डक्टरलाई पिटें

‘आइलाग्नेमाथि जाइलाग्न पछि पर्नु हुँदैन’

काठमाडौ — त्यो केटो एक्लो थियो । हामीले त्यसलाई पिट्नु पिटेर छोड्यौं । पछि गाउँमा पारी गाउँको केटालाई कसैले पिटेर बाटोमा फालेको छ भन्ने हल्ला सुनियो । पछि त त्यो केटो मर्‍यो भन्ने हल्ला आयो ।

२०४७–४८ सालको त्यो कालखण्ड नेपालले नयाँ व्यवस्था पाएको समय थियो । पञ्चायत व्यवस्था त फालियो, तर भुइँ तहमा परिवर्तन देखिएको थिएन । देशका अन्य ग्रामीण क्षेत्र जस्तै हाम्रो गाउँ गुन्डु पनि अपेक्षित परिवर्तनबाट अछूत जस्तै थियो ।

कसको खेतमा पानी लाउन पाइएन, कसका गाईवस्तुले कसको बालीनाली खाइदिए भन्ने जस्ता सानातिना विषयमा गाउँमा झगडा भइरहन्थे । हामी केटाहरु समूह बनाएर ठाउँठाउँ पुगी त्यस्ता समस्या समाधान गरिदिन्थ्यौँ । हाम्रो प्रभाव छिमेकी गाउँमा पनि पर्नुपर्छ भन्ने मेरो सोच थियो । त्यसअघि अग्रजहरुले गुन्डुवरपरका गाउँहरुलाई थर्काएर राख्नुभएको थियो । ‘हामी गुन्डुका हौँ’ भनेपछि सितिमिति कसैले पनि जिस्क्याउने आँट गर्दैनथ्यो ।

तर, २०४९ साल असारमा त्यस्तो भएन । छिमेकी गाउँसित हाम्रो गाउँको ठूलो झ,गडा पर्‍यो ।

त्यो वर्ष खडेरी परेको थियो । गुन्डुको पारिपट्टि तर्खगालमा हाम्रो खेत थियो । खडेरीका कारण त्यो गाउँ र हाम्रो गाउँबीच सिँचाइमा हानथाप परिरहेको थियो । हामीले नियमित रुपमा पानी लगाउन पाउनुपर्छ भन्ने हाम्रो माग थियो । तर, त्यो गाउँका बासिन्दाहरु सहमत थिएनन् । एक दिन खेतमा पानी लगाउन गएका हाम्रो गाउँका मानिसहरु पारि गाउँलेको आक्रमणमा परे । दुई गाउँबीच आठ–दश दिन लगातार झगडा परिरह्यो ।

तर, हामीले हारेका छैनौँ भन्ने देखाउन हामी कामै नभए पनि त्यहाँ गइरह्यौँ, तीन–चार जना केटा मिलेर । त्यस्तैमा एक दिन हामी खेत जाने बाटोमा अलमलिइरहेका बेला पन्ध्र–बीस जना केटा लाठी लिएर आए । हामीलाई पिट्नु पिटे ।

त्यो क्षेत्रमा ‘गुन्डुका केटाहरुले पिटाइ खाए’ भन्दा कसैले पत्याउँदैनथ्यो । त्यो दिन हामी वास्तवमै पिटिएका थियौँ । यसले ममा ठूलो ईख उब्जायो । पिटाइको पर्म फर्काउने उपाय सोच्न थालेँ म ।

सूर्यविनायक–त्रिपुरेश्वर रुटमा ट्रली बस चल्थ्यो । एक दिन क्याम्पसबाट फर्किंदा हामी चार–पाँच जना साथी ट्रली बसको अन्तिम सिटमा बसिरहेका थियौँ । अरु साथी बीचबाटोमा झर्दै गए । सूर्यविनायक पुग्ने भने सधैँझैँ म एक जना मात्र थिएँ । साथीहरुले झर्ने बेला भनेका थिए, ‘महेश, हामीले भाडा तिरिसकेका छौँ, तेरो पनि ।’

तर, म झर्ने बेला कन्डक्टरले पैसा माग्यो । मैले साथीहरुले दिइसकेको बताएँ । थप केही नबोली कन्डक्टरले मेरो कठालो समात्यो ।

गाउँका काममा सक्रियताका कारण मलाई सूर्यविनायक चोकका मानिसहरुले पनि चिन्न थालिसकेका थिए । दिनदिनै त्यही बाटो क्याम्पस आउजाउ गर्ने भएकाले मलाई नामैले नचिने पनि याद गर्ने मानिसहरु धेरै थिए । त्यसमाथि सूर्यविनायक चोक मलाई गुन्डु जस्तै लाग्थ्यो ।

त्यति बेला टोलटोलमा युवाहरु जम्मा भएर आफ्नो क्षेत्र निर्धारण गर्ने चलन थियो । म क्याम्पस जाँदा–आउँदा कहिलेकाहीँ सोच्थेँ— यो सूर्यविनायक चोक पनि त मेरै हो

खासमा त्यो मेरो अति आत्मविश्वास र महत्वाकाङ्क्षा थियो । जब मानिसले सधैँ हिँड्ने बाटोलाई आफ्नो सोच्छ, तब ऊ त्यहाँबाट निर्धक्क हिँड्न सक्छ । सूर्यविनायक चोकमा म जहिल्यै निर्धक्क हुने गर्थें ।

तर, त्यो दिन मैले आफू त्यही ठाउँको हुँ वा हैन भन्ने सोच्न सकिनँ । साथीहरुले पैसा नदिएको मलाई थाहा थिएन । गाडीमा चढेर उनीहरुले पैसा नदिनु गल्ती थियो । ओहो, साथीहरुलाई विश्वास गर्दा म पो फस्न लागेँ भन्ने भयो । तर, कन्डक्टरले मसँग गरेको व्यवहार पनि ठीक थिएन ।

सूर्यविनायक चोक अन्तिम बिसौनी भएकाले त्यहाँ अरु ट्रली बसका ड्राइभर र कन्डक्टर पनि थिए । म भने एक्लै थिएँ । त्यसैले, म भित्रभित्रै डराइरहेको थिएँ । हिम्मत हारिहालेको चाहिँ थिइनँ । त्यो कन्डक्टरलाई भनेँ, ‘म तँलाई मेरो ठाउँमा पिटेर आफैँलाई कमजोर बनाउन चाहन्नँ । तँलाई म आजको पैचौँ मीनभवन वा त्रिपुरेश्वरमा तिर्छु ।’

यति भनेर म भागेँ । खल्तीमा पैसा नभएपछि के गर्नु !

गलफती गरेर त्यहाँ म जति लामो बस्थेँ, मलाई चिन्नेजान्ने मानिसहरु अरु जम्मा हुन सक्थे र बदनामी हुन सक्थ्यो ।

त्यो साँझ घरमा मैले कुनै काम गर्न सकिनँ । एक त भाडा तिर्न नसक्दाको अपराधबोध, अर्को कठालो समातिनुपर्दाको अपमानबोध १

गुन्डु र क्याम्पसका साथीभाइलाई यो घटनाबारे सुनाएँ । रिसले रापिएको मेरो मनलाई उनीहरुले झन् दह्रो बनाइदिए ।

कति दिन क्याम्पस ओहोरदोहोर गर्दा पनि त्यो कन्डक्टरवाला ट्रली बस फेला परेन ।

करीब एक महीनापछि क्याम्पसबाट फर्कंदा चढेको ट्रली बसमा त्यही कन्डक्टरलाई देखेँ । त्यो दिन पनि सधैँझैँ म अन्तिम सिटमै बसेको थिएँ । खै किन हो, त्यो कन्डक्टरले चाहिँ मलाई नदेखेझैँ गरिरहेको थियो । बस वानेश्वर चोक पुगेपछि म झन् उत्तेजित भएँ । सिटबाट उठेर सरासर अगाडि गएँ ।

बसमा भीड निकै थियो । म अगाडि पुग्दा बस मीनभवन पुगिसकेको थियो । बस रोकिएकाले कन्डक्टर हातमा सिक्का छयाङछयाङ पार्दै अन्य यात्रु मिलाउँदै थियो । नजिकै पुगेर मैले उसको हातमा एक लात्ती हानेँ । कन्डक्टर मलाई अवाक् हेरेर भुइँमा खसेका सिक्का बटुल्न निहुरियो । मैले मुक्का वर्षाउन थालेँ । कन्डक्टर उठ्नै सकेन ।

बसका अन्य यात्रु कराउन थालिसकेका थिए । मैले किन कन्डक्टरलाई पिट्दै छु भन्ने कसैलाई थाहा थिएन । म त्यो आक्रोशित भीडमा केही भनेर उल्टो ठूलो समस्यामा फस्न पनि चाहँदिनथेँ । म त्यहाँ बसिरहनुको कुनै अर्थ थिएन । अन्तिम मुक्का हान्दै मैले कन्डक्टरलाई भनेँ, ‘देखिस् रु म भनेको कुरा पूरा गरेरै छोड्छु । तँलाई मीनभवनमा पिट्छु भनेको थिएँ नि ! अब के गर्न सक्छस् ?’

म बसबाट झरिहालेँ । बसबाट केही यात्रु मतिर इशारा गर्दै कराउन थाले, ‘ए, समाओ ! समाओ !

म मीनभवनको मुख्य सडकबाट देब्रेतर्फको गल्लीमा छिरिसकेको थिएँ ।

पिट्न त पिटेँ, अब भने डर लाग्न थाल्यो । बसका मानिसहरु धुर्रिएर आई रामधुलाइ पो गर्ने हुन् कि !

कुद्दैकुद्दै म मीनभवनको भित्री भागमा पुगेँ । त्यहाँ खरीबोटमा देउराली क्लब थियो । क्लबको गेटबाट छिरेपछि मैले चैनको सास फेरेँ ।

यो घटनाले मेरो आत्मविश्वास ह्वात्तै बढाइदियो । समयले मलाई पनि साथ दिने रहेछ भन्ने लाग्यो । धैर्य राखे पालो सबैको आउने रहेछ । जीवनको प्रारम्भिक कालमा पाएको यो पाठ मैले अझै बिर्सेको छैन, न कहिल्यै बिर्सुंला ।

कन्डक्टर का,ण्डपछि मलाई तर्खगालको घट,नाले बेचैन बनाउन थाल्यो । त्यो दिन तर्खगालका केटाहरुसँग एक भारी लाठी थिए । खाली हातका हामी नमजाले पिटिएका थियौँ ।

केही दिनपछि म फेरि तर्खगाल गएँ । रमेश र सुरेश पनि साथै थिए । हामीले खेतको काम गरुन्जेल कोही देखा परेन । काम सकेर फर्कंदै गर्दा बाटोमा हामीलाई पहिले आक्रमण गर्नेमध्ये एउटा केटो भेटियो । रमेश र सुरेशलाई मैले यो कुरा भनेँ । ऊ एक्लै थियो १ हामी तीन १

हामी त्यो केटामाथि जाइलाग्यौँ । सबैभन्दा पहिले मैले मुक्का जडिदिएँ । केटो ढलिहाल्यो । तैपनि हाम्रो प्रहार रोकिएन । त्यसलाई भक्कुर्नु भक्कुरेर हामी घरतिर लाग्यौँ ।

हामी तीनै जनाले यो कुरा कसैलाई भनेका थिएनौँ । तर, साँझतिर गाउँमा गाइँगुइँ सुनिन थाल्यो । मैले पनि सुनेँ, ‘पारि गाउँको एउटा केटालाई कसले पिटेर बाटोमा फालिदिएछ । बिचराको अवस्था गम्भीर छ रे १ डाक्टरहरुले त आशै मारिसकेका छन् रे १’ एक छिनपछि फेरि हल्ला चल्यो: त्यो केटो त मरेछ !

त्यो सुन्नुअघिसम्म म जुन कुरामा गर्व गरिरहेको थिएँ, त्यसपछि त्यही कुरा मलाई ठूलो बोझ बन्न थाल्यो ।

सुरेश र रमेशसहित हामी चार–पाँच जना केटा जम्मा भयौँ । गाउँभित्रै बसेर सल्लाह गर्दा अरुले थाहा पाउने जोखिम थियो । हामी एकान्त खोज्दै गाउँभन्दा केही माथि जङ्गलतिर गयौँ ।

सुरेश र रमेशले एकस्वरमा भने, ‘अब हामी भागौँ । सकिन्छ भने आजै तराईतिर लागौँ । केही दिनमै सीमापारि जानुपर्छ ।’

तर, म भाग्ने हैन समस्याको सामना गर्नुपर्छ भन्नेमा थिएँ । खासमा त्यो हाम्रो आ,क्रमण थिएन, प्रतिकार मात्र थियो । समस्याबाट भाग्नु जीवनलाई पराजयतर्फ उन्मुख गराउनु हुन्थ्यो । त्यसैले हामीले आफूमाथि भएको आक्रमणको बदला लिएका थियौँ ।

जङ्गलमा हामीले चार–पाँच घण्टा बितायौँ । जे आइपर्छ त्यसको सामना गर्न मैले साथीहरुलाई मनाएँ । जङ्गलमा राति दश बजेसम्म बसेपछि हामी घर फर्कियौँ ।

हाम्रो घरको वातावरण तनावपूर्ण भइसकेको रहेछ । बुवाआमा मैलाई कुरिरहनुभएको रहेछ । मैले सबै बेलीविस्तार लगाएँ ।

पछि यथार्थ खुल्यो— हामीले पिटेको केटो जीवितै रहेछ । महाराजगन्जस्थित टिचिङ हस्पिटलमा उसको उपचार भइरहेको रहेछ ।

‘पढेलेखेको छस् १ जानेबुझेको छस् १ अब हामीले के भन्ने रु’ त्यस रात बुवाले मलाई झपार्नुभयो, ‘आफूलाई नराम्रो लागेको कुनै पनि कुरा सह्यो भने केही बेफाइदा हुँदैन । खास गल्ती कसको हो भन्ने कुरा केही दिनमा सबैलाई थाहा भइहाल्छ नि १ खेतमा एक–दुई दिन पानी नलाउँदा हामीमा पहाड खस्ने त थिएन ! तर हात छोडिस्, अब भोग् त्यसको प्रतिफल १”

त्यो रात म निदाउन सकिनँ । बुवाको कुरा मनमा खेलिरह्यो ।

पारि गाउँलेले उजुरी गरेछन् । भोलिपल्टै हाम्रो घरमा प्रहरी आयो । त्यति बेला कसैको घरमा प्रहरी आउनु ठूलै कुरा मानिन्थ्यो । हाम्रो घरमा गाउँले धुइरिए ।

मलाई पनि प्रहरीले लग्यो । रमेश, सुरेश पनि प्रहरी नियन्त्रणमै थिए, टाउको निहुर्‍याएर उभिइरहेका । गुन्डु गाउँ विकास समिति ९गाविस० का अध्यक्ष भेषबहादुर कार्कीसहित हामी दश–बाह्र जना चौकीतर्फ लाग्यौँ ।

बाटोमा मलाई ग्लानिबोध भयो । नकाम गरिएछ भन्ने भयो ।

चौकीमा पारि गाउँका त पचास–साठी जना पो आएका रहेछन् ! उनीहरुले हामीलाई ठूलै अपराधीलाई जसरी हेरे । एकदमै घृणापूर्वक । मलाई झन् ठूलो पश्चात्ताप भयो ।

चौकीमा दुई गाउँका प्रतिनिधिबीच मिलापत्र भयो । आइन्दा कहिल्यै झगडा नगर्ने लेखिएको कागजमा मैले पनि हस्ताक्षर गरेँ । असइले हामीलाई सम्झाए ।

तर, त्यो कागजी सम्झौता हामी तीन जनाले केही मिनेटमै तोडिदियौँ । चौकीबाट फर्किंदै गर्दा पारि गाउँको अर्को केटो बाटोमा भेटियो । मैले सुरेश र रमेशलाई भनेँ, ‘यो पनि थियो अस्ति हामीलाई कुट्नेमा । यसलाई पनि अहिले नै ठीक पारौँ ।’

त्यो केटो सम्झौताका बेला प्रहरी चौकीमा पनि थियो । बाटोमा अचानक हामीलाई देखेपछि उसको होशहवाश उडिसकेको थियो । मैले उसको कठालो समातेँ । एक–दुई थप्पड प्याट्टपुट्ट हानेपछि छोडिदिएँ ।

त्यो केटो केही पर पुगेपछि ममा शङ्का उब्जन थाल्यो, उसले फेरि उजुरी गर्ने हो कि भनेर । तत्कालै अर्को बाटो समातेर हामी तीन जना फेरि चौकीतिरै फर्किन थाल्यौँ । हामी चौकीभन्दा वरैको चोक पुग्दा त्यो केटो पनि त्यहीँ देखियो । अघि भएको सम्झौतामा एउटा बुँदा थियो— जसले आक्रमण गर्छ वा थर्काउँछ, उसको प्रतिवाद नगर्ने ! चौकीमा आएर भन्ने ।

प्रहरीले हामीलाई ‘लास्ट चान्स’ भन्दै छोडेको थियो ।

त्यो केटो हामीविरुद्ध उजुरी दिन नै चौकी जान लागेको रहेछ । उसलाई मैले भनेँ, ‘चौकीमा मात्र जा न १ अर्को पटक तेरो कुन हालत हुन्छ, हामी पनि हेरौँला ।’

त्यो केटो प्रतिक्रियाविहीन भएर फर्कियो । हामी पनि घरतिर लाग्यौँ ।

चौकीमा सबै कुरा मिलिसकेको भए पनि बुवाआमाको चिन्ता सेलाइसकेको थिएन । घरको एक्लो छोरो अठार वर्षमै यसरी दुई गाउँको झगडामा सामेल होला भनेर उहाँहरुले पक्कै सोच्नुभएको थिएन । यसले उहाँहरुलाई ठूलो पीर पारेको म प्रस्ट बुझ्न सक्थेँ ।

उहाँहरुको अनुहारमा देखिएका चिन्ताका रेखाले मलाई भित्रैसम्म झकझकाउँदै गए । म बिस्तारै एकान्तप्रेमी हुँदै गएँ । आफ्नो भविष्यबारे गम्भीर हुन थालेँ । मैले शिक्षा पाएँ— जोशमा, आवेगमा कुनै पनि काम गर्न नहुने रहेछ ।

त्यति बेला गाउँगाउँबीच हुने यस्ता घटनाले हाम्रो गाउँमा भने ठूलो अर्थ राख्थे । बुवाआमाले मलाई यही निहुँमा गाली गरे पनि गाउँलेहरुले झन् प्रशंसा गर्न थाले । गाउँको इज्जतसँग जोडिन्थे यस्ता घटना । एक चोटि त्यस्तै काण्ड सकिएपछि गाउँमा मलाई एक–दुई अग्रजले भन्नुभएको थियो, ‘ठीक गरिस्, महेश १ अब तिनीहरुले गुन्डुलाई हेप्न सक्दैनन् । तैँले गाउँको इज्जत बढाइस् ।’

गाउँको चियापसलमा बिहानैदेखि भीड लाग्थ्यो । घरमा सामान्य काम सकेपछि गाउँभरका प्रायस् बूढापाकाको जमघट चियापसलमा हुने गथ्र्यो । राजनीतिसहित अनेक विषयको गफ हुन्थ्यो । महेश्वर दाइ गफिनमा सिपालु हुनुहुन्थ्यो । उहाँ आफूले गरेका झगडाका कुरा बडो उत्साहपूर्वक सुनाउनुहुन्थ्यो, ठूलै बहादुरी गरेझैँ । एक चोटि कोसँग हो, फाइट पर्दा उहाँले त्यसको दाँतै झारिदिनुभएको थियो रे १

श्रोता समूहमा म पनि हुन्थेँ र यस्ता कुराले जोशिने गर्थें । त्यस्तै चियागफका क्रममा मैले आइलाग्नेमाथि जाइलाग्न पछि पर्नु हुँदैन भन्ने शिक्षा पाएको हुँ ।

उद्योग मन्त्री महेश बस्नेतको प्रकाशोन्मुख संस्मरण म महेशको एक अंश । असार १३, २०७२, कान्तिपुर पत्रिका बाट साभार ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *