बिबि थापाको नेतृत्वमा राष्ट्रिय नागरिक पाटीले छान्यो समानुपातिक उमेदवार

काठमाडौं । राष्ट्रिय नागरिक पार्टीले बागमती प्रदेशमा सबै समानुपातिकमा उमेदवार दिएको छ । बागमती प्रदेशमा ४४ सदस्यीय प्रदेश समानुपातिकमा नागरिक पार्टीले १३ ओटै जिल्लाबाट सहभागी गराई ४४ जना नै उम्मेद्बारी दिइएको पार्टीका महामन्त्री बि.बि. थापाले जानकारी दिए । असोज ३ गते सोमबार नागरिक पार्टीले प्रदेश समानुपातिक उम्मेद्बार फाइनल गरेको हो ।

राष्ट्रिय नागरिक पार्टीले अहिलेसम्म कुनै पार्टीसंग गठबन्धन गर्ने निर्णय गरेको छैन । नागरिक पार्टीले बागमती प्रदेशमा शसक्त सहभागी जनाउने तयारीमा छ । जसको नेतृत्व पार्टीका महामन्त्री बि. बि. थापाले गरेका छन । २०७० सालमा स्थापित यो पार्टीले गत स्थानिय चुनावमा केही जनप्रतिनिधिहरु पनि जितेको छ ।

पार्टीका महामन्त्री थापाका अनुसार आउदो निर्वाचनमा बागमती प्रदेशमा शसक्त सहभागीता राख्ने जनाएका छन । करोडौंको ब्यबसाय छोडेर राजनीतिमा आएका थापा युवाहरुको विश्वासको पात्र हुन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty four ÷ fourteen =