बेसाहाराका लागि साहारा बनिन् उपाध्यक्ष सिंह, गिफ्टेड एजुकेसन एकेडेमीमा निशुल्क पढाईदिने घाेषणा !

कालिकाेट : जिल्लाकाे सान्नीत्रिबेणी गाउपालिका उपाध्यक्ष पार्बति सिंहले जाेखिममा रहेका ७ जना बालबालिकाहरुकाे संरक्षण गर्ने घाेषणा गरेकी छन् ।

बुधबार आफ्नाे जन्मदिनको अबसरमा उनले सान्नीत्रिबेणी गाउपालिका वडा नं १ र २ का सात जना अभिभाबक नभएर जाेखिममा परेका बालबालिकाहरुकाे संरक्षणकाे जिम्मा लिने घाेषणा गरेकी हुन् ।

सान्नीत्रिबेणी गाउपालिका वडा नं २ का ९ बर्षिया उमेश तिरुवा, वडा नं १ का ८ बर्षिया दैबन लुवार, ४ बर्षिया सर्मिला सार्की, ८ बर्षिया भरत सार्की, ९ बर्षिया सम्राट गिरी, ९ बर्षिया प्रतीक्षा बाेहाेरा र ४ बर्षिया अमित बाेहाेराकाे संरक्षण आफुले गर्ने उपाध्यक्ष सिंहले घाेषणा गरिन ।

उनका अनुसार उनीहरु हाल बालहित सेवा समाजले आसय दिएर सान्नीत्रिबेणी गाउपालिका वडा नं १ मा रहेकाे गिफ्टेड एजुकेसन एकेडेमीमा अध्ययनरत छन् । जसका संञ्लाचक समाजसेवि रमेश जैसी रहेका छन । उनीहरुलाई बुधबार व्यक्तिगत रुपमा जन्मदिनको अबसरमा दस हजार नगर सहयाेग गरेकी छन् ।

उपाध्यक्ष सिंहले लक्षित बर्गकाे बजेटबाट पालिका भरीमा अभिभावक गुमाएर जाेखिममा परेका बालबालिकाहरुलाई नीतिगत रुपमा व्यवस्था गरि पालिकाबाट सहयाेग गर्ने बताईन् । उनले भिनिन्, हामी बालमैत्रि पालिका बनाउने छाैँ ।

कुनै पनि बालबालिकाले आफ्ना अभिभाबक गुमाएर जाेखिममा पर्दा सहारा बिहीन हुन नपराेस । त्यसका लागि पालिकाभरीमा जाेखिममा रहेका बालबालिकाहरुकाे तथ्यांक संकलन गरि आबश्यक पहल लिनेछु ।

उपाध्यक्ष सिंहले बिगतका बर्षहरुमा पनि आफ्नो जन्मदिनको अवसरमा गरिब, दिनदुखी, मृगौला पीडित र अन्य समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएकी थिईन् । यस्तै सहयोगी भावना सबैमा भईदिए हाम्रो सममजमा गरिब दु:खी काे जीवन पनि उज्यालाे तिर जाने थियो । उपाध्यक्ष सिंहलाई हाम्रो तर्फबाट धन्यवाद…!

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = eight