मेयर रेणु दाहालको नयाँ चमत्कार : ६ महानगरले कल्पना नगरेको काम गरेर देशकै उत्कृष्ट घोषणा !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छारी रेणु दाहाल मेयर भएको भरतपुर महानगरपालिका देशभरका ७५३ स्थानिय तहहरु मध्य विकास, सुशाषणमा देशकै देशकै उत्कृष्ट स्थानिह तह घोषणा भएको छ ।

रेण दाहालले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिदा देश विदेश बाट व्यापक विरोध भएको थियो । माओवादी भएकै कारण देशविदेश बाट व्यापक विरोध हुँदा पनि मेयरमा विजय हुन सफल दाहालले मेयरको जिम्मेवारी समालेको केही महिनामै चमत्कारिक काम गर्न शुरु गरेकी थिइन जसले गर्दा शुरुमा उनलाई कट्टर विरोध गर्नेहरु पनि उनको काम देखेर कट्टर समर्थक भएका छन ।

भ्रष्टाचार मुक्त महानगर बनाइ बाटोघाटो, सडक, पुल, शिक्षा , कृषी लगायत गरिबहरुका लागि विभिन्न राहत प्याकेज व्यवस्था गरेर भरतपुर महानगर विकासको लागि देशकै उत्कृष्ट बनाउन सफल दाहाल यति वेला देश तथा विदेशमा चर्चाको पात्र बनेकी छिन । देशभरका स्थानिय तहहरुले उनि बाट पाठ सिक्ने मौका पाएका छन । हिजो विरोध गर्नेहारु अहिले बधाइ दिइरहेका छन । खास चितवन लगायत देश नै रेणु दाहाल मयभएको छ जवकि पहिले उनलाई प्रचण्डको छारी भनेर चिन्ने गरिन्थ्यो ।

देशकै उत्कृष्ट स्थानिय तह बनाउन सफल भएकी भरतपुर महानगरपालीका मेयर रेणु दाहाले गरेका केही उत्कृष्ट कामहरु यसप्रकार छन ।

१० भरतपुर महानगरको बेरुजु सबैभन्दा कम, शुन्यमा झार्ने लक्ष्य उच्च प्रथामिकतामा

चितवन स् देशभरका ६ महानगरमध्ये चितवनको भरतपुर महानगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भरतपुर महानगरको बेरुजु सबै भन्दा कम देखिएको हो ।

भरतपुरको बेरुजु २%०२ प्रतिशत मात्रै छ । महानगर प्रमुख रेनु दाहालले कुल बेरुजु मध्ये आधा भन्दा बढी पेस्की बेरुजु रहेको जानकारी दिईन् । पेस्की बेरुजु छिट्टै फछ्र्योट हुने समेत उनले बताईन् ।

लेखा परीक्षण हुँदासम्म बेरुजु शुन्यमा झार्ने उनको भनाई छ । “कुल बेरुजु मध्ये आधा भन्दा बढि त पेस्की बेरुजु छ। जुन काम सकिएपछि रूजु हुनेछ, उनले भनिन्, फेरि लेखा परीक्षण गर्दासम्म बेरुजु शुन्यमा झार्नेछौं ।”

६ महानगरमध्ये काठमाडौं महानगरपालिकाको बेरुजु सबैभन्द बढी छ । काठमाडौंको ११%८६ प्रतिशत बेरुजु देखिएको छ । काठमाडौंपछि वीरगञ्ज महानगरमा धेरै बेरुजु रहेको छ। वीरगञ्जको ८।२६ प्रतिशत बेरुजु देखिएको छ ।

उता ललितपुरको ७%२२ प्रतिशत, पोखराको ७%४२ प्रतिशत र बिराटनगरको ३।२१ प्रतिशत रहेको छ । महानगरको समग्र बेरुजु ७।३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

२० भरतपुर महानगरले दियो महानगरका ५ सरकारी बिद्यालयलाई स्कुल बस

“अबको ४ वर्ष भित्र निजि स्कुल छाड्ने लर्को लाग्छ स् मेयर दाहाल“

चितवन । भरतपुर महानगरले महानगरका ५ वटा सरकारी बिद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उदेश्य सहित महानगरले नारायणी नमुना मावि भरतपुर १०, कविलास मावि भरतपुर २९, भिमनगर मावि भिमनगर, प्रभात मावि शुक्रनगर र लक्ष्मि मावि जगतपुरलाई स्कुल बस हस्तान्तरण गरेको हो ।

महानगरमा एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रअ लाई बसको साचो हस्तान्तरण गरेर बिद्यालयलाई बस प्रदान गरेकी हुन् । रुट प्रमिट र ईन्सुरेन्स सहित प्रतिबस १९ लाख ९८ हजार रुपैया लागतमा महानगरले बिद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले बिद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालु आर्थीक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाई छ । महानगरले यस अघि बिद्यार्थीका लागी साईकल हस्तान्तरण समेत गरेको थियो भने बिद्यालयको भौतिक संरचना सुधार देखी शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरु गरिसकेको खतिवडाले बताए ।

अबको ४ वर्ष भित्र निजि स्कुल छाड्ने लर्को लाग्छ : मेयर दाहाल ।

महानगरको शिक्षाको स्तर सुधार गरि सामुदायिक बिद्यालयलाई अभिभावक र बिद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्न महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक ५ बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् । दाहालले यही स्थितिमा सरकारी बिद्यालयको शैक्षिक विकास हुँदै गए आगामी ४ वर्षमा निजि स्कुल छाडेर सरकारी बिद्यालयमा भर्ना हुने लर्को लाग्ने दावि गरीन् ।

महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तर उन्नति देखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रबिधिमैत्रि शिक्षण सिकाईमा जोड गरेको बताउदै दाहालले महानगरका निजि बिद्यालयभन्दा धेरै गुणा सरकारी बिद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी आफुहरु निरन्तर खटिएको बताईन । भरतपुरको नारायणी नमुना माविले चितवनकोनै ईज्जत राखेकोले महानगरका सबै बिद्यालयहरुको शैक्षिक विकासको स्तर त्यही अनुपातमा पुर्याउन चाहेको दाहालको भनाई छ ।

भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफनो योजना रहेको दाहालले सुनाईन् । महानगरमा त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतको आंगिक ईन्जिनियरिङ कलेज, प्रहरी स्कुल, भरतपुर बहु प्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वबिद्यालय पनि यहि ल्याउन पहल गरिरहेको दाहालले बताईन् । बिद्यालयलाई हस्तान्तरण गरिएको स्कुल बसको सहि प्रयोग गर्न दाहालले आग्रह गरीन् ।

१ वर्षमा ५ हजार बढि नयाँ बिद्यार्थी सामुदायीक बिद्यालयमा थपिए ।

भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बिद्यालयको शैक्षिक विकास संगै बिद्यार्थी र अभिभावकमा थप उर्जा दिलाउन बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए । किशोरीहरुलाई साईकल बितरण, लोपउन्मुख र सिमान्तकृत समुदायका बालबालिकाका लागी छात्रबृति प्रदान, दोन्द्ध प्रभावित बालबालिकाका लागी शैक्षिक सहयोग सामाग्री प्रदान, अपागंता भएका बालबालिकाका लागी शैक्षिक सिकाई समाग्री लगाएतका अरु धेरै सेवा सबिधाहरु महानगरका तर्फबाट प्रदान भएको बताए ।

सरकारी बिद्यालयको शैक्षिक विकासका लागी महानगरले गरेको प्रयासको प्रतिफलकै कारण २०७६ मा भन्दा ७७ मा ५ हजार ६ सय बिद्यार्थीहरु सामुदायिक बिद्यालयमा भर्ना भएको उनले बताए । २०७६ मा आर्थिक वर्षमा ३७ हजार बिद्यार्थी रहेकोमा बढेर ४२ हजार ५ सय पुगेका बताए ।

संख्यातमक बृद्धि मात्रै होईन गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुदै जाने आफुहरुको अपेक्षा रहेको उनले बताए । थोरै बिद्यार्थी भएको बिद्यालयलाई मर्ज गर्ने निति महानगरको रहेको र मर्ज गर्दा बिद्यालय आउन समस्या हुने बिद्यार्थीहरुका लागी बसले धेरै सहजता हुने उनले बताए ।

कार्यक्रममा नारायणी नमुना माध्यामिक बिद्यालयका प्राचार्य पुर्ण प्रसाद दवाडीले महानगर प्रमुख मेयर रेनु दाहाल र उहाँको टिमको सहि योजना र कार्यक्रमका कारण महानगरका सरकारी बिद्यालयको शिक्षाको स्तर बिकासमा धेरै सहयोग भएको बताए ।

यसले बिद्यालयको शैक्षिक स्तर बिकास देखी सरकारी बिद्यालयलाई प्रतिप्रर्दी बनाउन बिद्यार्थीको आक्रषण बढाउन सहयोग पुग्ने उनको भनाई छ । महानगरले स्कुल बस दिएपछि अभिभावक तथा बिद्यार्थीहरु खुसि भएका छन् ।

३० नेपालमै पहिलो पटक धान रोप्ने मेसिन कृषकलाई उपलब्ध गराउने पहिलो स्थानिय तह बन्यो भरतपुर महानगरपालिका ।

कृषिलाई आधुनिकीकरण तर्फ उन्मुख गराउँदै भरतपुर महानगरपालिकाले निति तथा कार्यक्रम अन्तर्गत आज महानगरपालिका मेयर रेनु दाहालले कृषिमा यान्त्रिकिकरण कार्यक्रम अन्तर्गत आज वडा नं २६ को बृहश्पति आधुनिक एग्रो फार्म लाई धान रोप्ने मेशिन ५०र५० को साझेदारीमा हस्तान्तरण गर्नु भएको छ।

भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन ९राइस टान्सप्लान्टर० किसानलाई हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा वृहस्पति आधुनिक एग्रो फर्मलाई एउटा मेसिन हस्तान्तरण गरिएको हो ।

भरतपुर महानगर २६ को दिव्य नगरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेणु दाहालले सो मेसिन एग्रो फर्मलाई हस्तान्तरण गरिन् । हस्तान्तरणसँगै मेयर दाहाल र उपमेयर ठकुरीले मेसिन मार्फत खेतमा धान रोपेका थिए ।

चितवन अन्न उत्पादनका हिसाबले धेरै उर्वर रहेको र यहाँ धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको मेयर दाहालको भनाई थियो ।

महानगर सधै कृषकको साथमा रहेको बताउँदै दाहालले यो वर्षबाट दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैया अनुदान समेत दिने निर्णय भएको बताइन् । २२ लाख ५० हजारमा खरिद गरिएको सो मेसिनले धान रोप्दा लागत आधा घट्ने बताइएको छ । मानिसको प्रयोगबाट १ बिगाहामा रोपाई गर्दा १५ हजार बढि खर्च हुने र मेसिनमार्फत रोपाई गर्दा ७ देखी ८ हजारभन्दा बढि लागत नपर्ने कृषि विज्ञ मित्रराज दवाडीले बताए ।

४० मानवमुक्त सडकमा भरतपुर महानगर देशकै पहिलो घोषणा ।

२०७६ कार्तिकमा भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार एक कार्यक्रम गरी भरतपुरलाई देशकै पहिलो सडक मानवमुक्त महानगरका घोषणा गरिएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणा प्रतिवद्धता पत्र पढेर सुनाएका थिए भने भरतपुरकी मेयर रेनु दाहालले सामूहिक प्रतिवद्धता गराएकी थिइन् ।

घोषणाका लागि घोषणा नगरिएको भन्दै मेयर दाहालले कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् । भरतपुरमा कोही पनि नागरिक गास, बास र कपासका लागि भौतारिने अवस्था अन्त्य गर्ने अभियान अन्तर्गत यो घोषणा गरिएको उनले बताए । ‘भरतपुर देशकै पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्दा गर्व लागेको छ’, उनले भनिन्, ‘चुनौतीहरु थुप्रै छन्, तर यो घोषणाका लागि घोषणा गरिएको होइन ।’

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले देशका सबै स्थानीय तहले सडक मानवहरुको संरक्षणमा ध्यान दिनुपर्ने धारणा राखे । राज्यले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरेको भन्दै उनले मानव सेवा आश्रमहरुलाई स्थानीय सरकारबाट पनि सहयोग हुनुपर्ने बताए ।

भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउन २७ असोजदेखि ८ कात्तिकसम्म हरेक दिन बेलुका ८ देखि ११ बजेसम्म सडकपेटी एवं सार्वजनिक स्थलमा उद्धार एवं परामर्श सेवा शुरु गरिएको थियो । यसक्रममा झण्डै तीन सय जनालाई उद्धार गरिएको थियो ।

उनीहरुमध्ये जम्मा आठ जना मात्रै वास्तविक अभिभावकविहीन र वेसहरा रहेको पाइएको छ । कोही कुलतमा परेका, कोही दिनभर माग्ने र रातिमा रमाउनेहरु समते भेटिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनकाअनुसार अधिकांश मादक पदार्थ सेवन गरेर बस्ने, थोरै रकममा श्रम गर्ने, रोजगारीका लागि सदरमुकाम आएका, फिरन्ते र मगन्ते छन् । महानगरकी मेयर रेनु दाहालले सडकमा वास्तविक पीडितभन्दा कुलतमा परेकाहरुको जमात भेटिने गरेको बताइन् ।

महानगरपालिकाले आश्रमको भाडा तिरिदिने

सडकमा आएका र आउन सक्ने व्यक्तिहरुको खोजी तथा उद्धारका लागि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रमका वीचमा सम्झौता पनि गरिएको छ । हरेक हप्ताको एक दिन मानव सेवा आश्रमको पहल तथा भरतपुर महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा सहयोगापेक्षी मानवहरुको खोजी तथा परामर्श गरिने छ ।

सडकबाट ल्याइएका यस्ता सहयोगापेक्षीहरुको बस्ने व्यवस्थापन मानव सेवा आश्रमले गर्दै आएको छ । भरतपुरको वाइपास रोडमा रहेको आश्रमको घर भाडा भरतपुर महानगरपालिकाले तिर्ने घोषणा मेयर दाहालले गरिन् । साथै उद्धारका लागि जुट्न आवश्यक सवारी साधन खरिदको प्रकृयासमेत अघि बढाएको मेयर दाहालले बताइन् ।

चितवनमा सडकमानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने घोषणा समेत मेयर दाहालको छ । आश्रमले भवन बनाउन भरतपुर(३ मा ८ कठ्ठा जग्गा दाताबाट प्राप्त गरेको छ । त्यहाँ अहिले भवन निर्माणको काम भैरहेको छ । आश्रमको एउटा कोठा बनाउन लाग्ने लागत उद्योग बाणिज्य संघ चितवनले दिने घोषणा अध्यक्ष सहनलाल प्रधानले गरेका छन् ।

हेटौडामा मुख्य कार्यालय रहेको आश्रमको देशभर १६ वटा जिल्लामा शाखाहरू छन् । भरतपुरमा रहेको आश्रमको शाखामा ५५ जनाको क्षमता छ । तर हाल एक सय जना आश्रममा आश्रति रहेका छन् । २०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये ३०० जनालाई पुनःमिलन गराएको छ ।

मानव सेवा आश्रमकोप सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ ।

५० तीन वर्षमा तीन सय ७५ किलोमिटर कालोपत्रे गर्न सफल भरतपुर महानगर सडक विस्तारमा देशाकै पहिलो स्थानिय तह ।

चितवन । न निषेधाज्ञा, न लकडाउन, न त कोरोना कहरको बेला । कुनै समय पनि भरतपुर महानगरपालिकामा सडक विस्तारको अभियान रोकिएन । भरतपुर महानगरका अधिकांश भित्री तथा महत्वपूर्ण सडकहरु धमाधम कालोपत्रे भए ।

महानगरका भित्री तथा महत्वपूर्ण सडक कालोपत्रेको काम तीव्र पारिएको छ । कुनै बेला कालोपत्रे टेक्न भरतपुरको चौबीसकोठी आउनुपर्ने महानगरको पश्चिमी क्षेत्रका अधिकांश बासिन्दाको घर अगाडि यतिबेला चिल्लो कालोपत्रे छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू निर्वाचित भएर भरतपुर महानगरको प्रमुख बनेपछिको तीन वर्षमा ३७५ किलोमिटर सडक उच्चस्तरीय कालोपत्रे भइसकेको बताइन् । उनले भनिन्, ‘हिजो ग्रामीण स्तरका धुलाम्मे सडकहरु आज चिल्ला कालोपत्रे भएका छन्, अबको दुई वर्षभित्र महानगरका सबै सडकहरु कालोपत्रे गर्ने लक्ष्य लिएका छौँ ।’

महानगरपालिका, सांसद विकास कोष, शहरी विकास मन्त्रालय र सडक डिभिजन कार्यालयले महानगरभित्रका सडकलाई वर्गीकरण गरेर बजेट छुट्याएका छन् । महानगर प्रमुख दाहालका अनुसार भरतपुर महानगरमा २९ वडा छन् । सबै वडाको भित्री सडकहरु पनि यतिबेला कालोपत्रे भइरहेका छन् । भरतपुर महानगरले चौबीसकोठीदेखि पश्चिम लाग्ने दुई महत्वपूर्ण सडक कालोपत्रे गरिसकेको छ ।

केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा खन्याइएर कालोपत्रे गरिएको प्रमुख दाहालले बताइन् । वर्षौंदेखि बिग्रिएर जनताले दुःख पाएको भरतपुर–रामपुर–चनौली–मेघौली सडक कालोपत्रे भइसकेको छ । भरतपुरबाट चनौलीसम्म कालोपत्रे गरेर सकिएको छ । पश्चिम चितवनका अधिकांश जनताले यही सडक प्रयोग गरेर भरतपुर आउने गर्छन् । वर्षौदेखि सास्ती भोगेका पश्चिम चितवनका जनताले भरतपुर चनौली सडक बनेपछि धेरै सहजताको अनुभूति गरेका छन् ।

भरतपुरको चौबीसकोठीबाट गितानगर, पटिहानी, जगतपुर, माडी र ठोरी जाने हुलाकी सडकसमेत कालोपत्रे भएपछि यात्रा गर्न निकै सहज भएको छ । पकडी बजारदेखि भरतपुरको अन्तिम सीमाविन्दु कसरा पुलसम्म सडक कालोपत्रे भइसकेको छ ।

‘यो तीन वर्षका अवधिमा भित्रभित्रका सडकहरु कालोपत्रे भएका छन्, ३०० किलोमिटर उच्चस्तरको ग्राबेल भएका छन्, १६ किलोमिटर मोज्याक टायल लगाइएको छ, ३४ किलोमिटर नयाँ ढलहरु बनेका छन्’ भरतपुर महानगर पूर्वाधार महाशाखा प्रमुख रत्न लामिछानेले भने, ‘पुराना ग्रामीण सडकहरु सबै कालोपत्रे भएका छन्, नयाँ खोलिएका सडकहरु पनि उच्चस्तरको ग्राभेल गरिएको छ ।’

भरतपुर महानगरका १, २, ३, १०, ११, १२, ९, ७ नम्बर वडामा सडकपेटी बनाइएको छ । महानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको रिङरोड १०५ किलोमिटरमध्ये १० किलोमिटर सडकखण्ड डीपीआरसँगै निर्माणको काम धमाधम अघि बढिरहेको छ । रिङरोडलाई जोड्ने १५ वटा लिंकरोडको काम पनि धमाधम अघि बढेको महानगरको भनाइ छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, चितवन डिभिजन कार्यालयमातहत १२ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । पश्चिम चितवनको मंगलपुरबाट दक्षिणहुँदै महेन्द्रचोक, शिवनगर, पार्वतीपुर, शुक्रनगरबाट मेघौली नजिकको तेलौली निस्कने झन्डै २१ किलोमिटर सडकको काम अघि बढिरहेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा थप एक सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि सारेको छ । महानगरले सडकसँगै कल्भर्ट बनाउने कामलाई पनि प्राथमिकतामा राखेको छ । साइकल लेनको कामलाई पनि अघि बढाइरहेको छ । भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको सडक निर्माणको काम अघि बढेको छ । भरतपुर महानगरपालिका ७ मा निर्माण हुन लागेको साइकल लेनसहितको सडकको प्रमुख रेनु दाहालले यसअघि नै शिलान्यास गरेकी थिइन् । भरतपुर ७ गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म साइकल लेनसहितको सडक निर्माण गर्न लागिएको हो ।

१ हजार ३ सय मिटर लामो सडकको लागत अनुमान ९ करोड छ । प्रारम्भिक चरणमा ३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । केन्द्र सरकारबाट विनियोजन भएको बजेट भरतपुर महानगरपालिकामार्फत काम हुन लागेको हो । सडकमा फुटपाथ, ड्रेन, साइकल ट्रयाक हुनेछ । भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माणको काम अघि बढिरहेको वडा नं। ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिए ।

इशा गुरुङ ले यसरी रेणु दाहाललाइ बधाइ दिनुहुन्छ ।

मेयर भनेको रेणु दहाल जस्तो हुनु पर्छ, आज फेरी ५ वटा बस बिधालय लाइ हस्तान्तरण गरेको छ, धेरै पटक उहाको राम्रो कामको बारेमा लेखिसकेको छु मैले, सबै जिल्ला प्रदेशमा यस्तै मेयरहरू हुनु पर्छ है 🙏🇳🇵

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 78 = eighty four