आजदेखि बुढानिलकण्ठ मन्दिर भक्तजनका लागि खुला

काठमाडाैं । विश्वव्यापी महामारीको रूपमा फैलिएको को’रोना भाइरसको स’ङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायण स्थान मन्दिर आज (आइतबार) देखि भक्तजनका लागि खुला गरिएकाे छ । को’रोना म’हामारीका कारण नौ महिनासम्म ब’न्द गरिएको मन्दिर आइतबार देखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएकाे बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिनुभयो ।

बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्दै हुनु हुन्छ । नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा आरती भने नियमति भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो ।

बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहनुभएको धा’र्मिक विश्वास छ । ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नु भएको अलौकिक मूर्ति विश्वमै अ’द्वितीय मानिन्छ। यसैले विश्वभर रहेको वैदिक सनातन ध’र्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

29 − = twenty seven