प्रचण्ड, देउवा, माधवको निर्देशणमा केपी सरकारका ६५ ठुला भष्टाचार काण्डको छानविन शुरु ! धेरैले देश नै छोड्न सक्ने संकेत

काठमाडौँ। जनताले दिएको जनमत चिन्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिक इतिहासमा पटकपटक बदनामित भएका छन्।

विभिन्न किसिमका गैर संवैधानिक काम गरेको कारण उनको दुःखद विदाइ भएको छ। जनताको भारी मतको सम्मान गर्नुपर्नेमा एकपछि अर्को अपमान गर्दै जाँदा २०७७ पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै बिघटन गरेर नेपाली राजनीतिक इतिहासमा कलंकको टीका लगाए। आफैले विघटन गरेको प्रतिनिधी सभा २०७७ साल फाल्गुन २७ गते सर्वोच्चले खारेज गर्दा पनि प्रमको कुर्सी छोडेनन।

उनले २०७८ वैशाख २७ गते विश्वासको मत गुमाए र नयाँ सरकार गठनको ढोका खुल्यो। विपक्षीले सरकार गठन गर्न नसक्दा पुनः प्रधानमन्त्रीमा केपी नै नियुक्त भए। त्यसपछि केपीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हो तर नलिने र नयाँ सरकार गठन गर्न पत्रकार सम्मेलन मार्फत सार्वजनिक घोषणा गरे।

एकातिर इस्तो घोषणा अर्कोतिर प्रधानमन्त्री नियुक्त गर्नु पर्यो भनेर प्रतिनिधी सभा सदस्यहरुको वहुमत विना राष्ट्रपती समक्ष दावी पेश गरे। विपक्षी दललाई झुक्याएर दावी पेश गरे पनि देउवा वहुमत सहित राष्ट्रपती समक्ष प्रधानमन्त्रीको लागि दावी गर्न पुगे। दुवै पक्षको दावी नपुगेको भन्दै केपी सरकारको सिफारिसमा राष्ट्रपती बाट गैर संवैधानिक रुपमा २०७८ जेठ ८ गते पुनः प्रतिनिधी सभा विघटन भयो।

भोलिपल्ट नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्नको लागि १४६ सांसदको हस्ताक्षर सहित सर्वोच्चमा पुगे र प्रतिनिधी सभा विघटन विरुद्द रिट पेश गरे। सोही रिट अनुसार सर्वोच्चले यहि २०७८ असार २८ गते प्रतिनिधी सभा पुनःस्थापना संगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गर्यो । यो संगै केपी शर्मा वलीको लज्जास्पद विदाइ भएको छ भने देउवा पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन।

प्रधानमन्त्री ओलीको कदमको सबै राजनीतिक दल, नागरिक समाज र आम नेपालीबाट विरोध भइरहेको छ। यतिसम्म कि प्रधानमन्त्रीनिकटकै कानून व्यवसायीहरु यसलाई संवैधानिक भन्न सकिरहेका छैनन्, किनकि, सरकार गठन हुनै नसकेको संवैधानिक बाध्यताको परिस्थितिमा बाहेक प्रतिनिधि सभा बिघटन गर्नसक्ने अधिकार संविधानमा कहीँकतै उल्लेख छैन। तर, उनले संसदलाई आफ्नो मुठ्ठीको माखो ठान्दै असंवैधानिक कदम चालेका छन्।

आफ्नो कार्यकालमा ओली एकपछि अर्को बदनामित भएका छन्। उनले आफ्नो कार्यकालमा गरेका हजारौँ का,ण्ड छन्, जसमध्ये ५५ का,ण्ड आम नागरिकले देख्ने गरी घटाएका छन्। यी काण्डले ओली वर्तमानमा मात्र होइन, भविष्यमा पनि सदाबहार रुपमा बदनामित भइरहनेछन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty six − thirty seven =