एमालेजस्तो जाली, फटाहा पार्टीले हामीलाई हेप्न खोजेका छन्,तिनको सातो खाने हो: प्रचण्ड

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए।

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

त्यो भयो भने एमालेजस्तो जाली, फटाहा भएको पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष दाहालको दाबी छ।

अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरूद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए।

नययमपलष्नजतकबलष्mब दयह बम द्द
उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटि माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन्। उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन्। देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन। यी जाली फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन् नि। तिनको सातो खाने हो।

पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे। हामीले बनाएको हो संविधान। यिनीहरू विरोधी हुन् भन्दै हिँड्नुहोस्। पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस्। को बेइमान हो बुझाउनुस्। डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं यो देश हामीले बचाउनु पर्छ, गणतन्त्र हामीले बचाउनु पर्छ। देशको रक्षा गर्नुपर्छ।’

अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरूद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्क समेत गरे।

उनले केपी ओली एक्लै केही नभएको पनि बताए।

अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरूद्ध पार्टी हेडक्वाटरमै बमबारी गर्नु परेको दोहोर्‍याए।

लअभिि ष्ल
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए।

उनले प्रतिनिधिसभा विघटनविरूद्धको आन्दोलनमा विजयी भएसँगै आफूखुसी भएको प्रतिक्रिया समेत दिए।

अध्यक्ष दाहालले भने, ‘आज म खुसी छु। अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे। राष्ट्रको हित गर्ने सबै मान्छेहरूसँग सहकार्य भएको छ। शेरबहादुर जीले मलाई पार्टी एकता भइसकेको थिएन चुनाव भइसकेको थियो।

मलाई भन्नु भयो, पाँच वर्ष नै तपाईं प्रधानमन्त्री हुनुस्। हामी फ्लोरमा बसेर समर्थन गर्छौं तपाईंलाई। तर जनतको बीचमा जान छोडेर प्रधानमन्त्री खान खोजे भने त म पनि प्रतिक्रियावादी जस्तै अवसरवादी हुने भए, मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइनँ।

तर डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस् भनेर शेरबहादुर जीलाई धेरै पटक भनियो। उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो।’

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्‍याए। तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरूले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाइ थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy ÷ = thirty five