
काठमान्डौं । केही समय अगाडि बाट धेरै चर्चामा आएका भाइरल झाक्री, कृष्ण घतानीको नि,धन भएको छ । नि,धन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् ।
उनको जिल्ला अस्पताल ताप्लेजुङमा (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।
प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा निधन भएको हो । उनको श.व आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।
पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो । सर्पले डस्नसाथ झारफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पुजारी कहाँ गएको र बीचबाटोमै बाइक विग्रिएपछि पैदल मार्फत गएका थिए ।
झारफुक पश्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताउनुभयो ।
हिजो टीकाका दिने सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको हो । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका छन् ।
श,वलाई भोलि असोज ३१ गते अन्त्यष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।
बाँकी तलको भिडियोमा हेर्नुहोस्: