
काठमाडौं : आज सोमवार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी कार्यालय पेरिस डाँडामा बस्न लागेको बैठक स्थगित भएको हो ।
आज सोमवार १ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक भोलि मंगलवार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थनबारे छलफल हुने बताइएको थियो ।
Facebook Comments Box