
काठमान्डौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएन ।
माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको हो ।
बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए । बैठक भोलिपनि बस्नेछ ।
Facebook Comments Box