
काठमाडौं : नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताबद्ध बनाउन आग्रह गरेका छन् । बुधबार बालुवाटार पुगेका नेता भट्टराईले पार्टी एकताबद्ध बनाउने भए ओली लचिलो बन्नुपर्ने बताएका थिए ।
“पार्टी एकताबद्ध बनाइएर लैजाने भए तपाईं लचिलो बन्नुपर्छ,” उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
ओलीले मंगलबार स्पष्टीकरण सोधेका सांसलाई आज बालुवाटार बोलाएका थिए । सोहीअनुसार भट्टराई बालुवाटार पुगेको स्रोतले बतायो ।
Facebook Comments Box