
काठमान्डौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई आफ्नो अभिव्यक्ति स्पष्ट पार्न आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै देश र जनताविरुद्ध गम्भीर षडयन्त्र भइरहेको सूचना आफूलाई प्राप्त भएको बताएका थिए।
यस्तो संवेदनशील विषय अमूर्त शैलीमा होइन, जनताले बुझ्ने भाषामा भन्न अध्यक्ष थापाले डा. भट्टराईलाई मंगलबार सामाजिक सञ्जालमार्फत अनुरोध गरेका हुन्।
साँच्चै कसैबाट देश र जनताविरुद्ध त्यस्तो षडयन्त्र भइरहेको भए त्यो रोक्नु सबैको कर्तव्य भएको पनि थापाले उल्लेख गरेका छन्।
हेर्नुहोस्, कमल थापाको ट्विट :
Facebook Comments Box