काठमाडौँ । नर्भिक अस्पताल उपचार गराइरहेकी मोडल तथा तथा अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उचित उपचार, आहार विहार र केयरिङ पाएका कारण उनको मुहारमा चमक देखिएको छ ।
अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरू निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको नर्भिक अस्पतालले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ । विज्ञप्तिका अनुसार अहिले उनको ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उपचार भइरहेको छ ।
डा। पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ । ‘अस्पतालमा आउँदा जिउँदो ला शजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन्’ डा।जलान भन्छन् ‘भोक लाग्दा संकेत दिनेसम्मको भएकी छन् ।’
उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर गरिरहेको जलानको भनाई रहेको छ । जलानका अनुसार दु’र्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून छ ।
‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’ डा.जलानले थपे ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’
निशाको अवस्थालाई ‘जनरल कण्डिसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न डा।जलानको भनाई रहेको छ । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी निशा घिमिरेको उद्धार गर्नु अघिको अवस्था निकै दर्दनाक थियो ।
नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले गत २७ गते उनको उद्धार गरेर अस्पतालको विशेष उपचार कक्षमा राखेर उपचार सुरु गराएकी हुन् ।तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समय सडक दुर्घ,टनामा परी गम्भीर घाइते भएकी निशा उपचारका लागि पैसाको अभावमा घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् ।