
काठमाडौं । दुर्घ-टनामा परेर तीन वर्षदेखि छट’पटाइरहेकी कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइ रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरी अस्पातल भर्ना गरेकी थिइन्। हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ।
उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएकी कलाकार निशाको मुहारमा चमक देखिएको थियो। अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको अस्पतालले जनाएको छ। हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।
डा। पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ । अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन्। बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन् ।
उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन्। उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन्।