प्रधानको घरमा ५ बर्ष बसेका टेलिभिजनकर्मी भन्छन् उहाँबाट जातिय विभेद म कल्पना गर्न सक्दिन

काठमाडौं । सञ्चारकर्मी रूपा सुनार प्रकरणपछि घरबेटी सरस्वती प्रधानलाई भिलेनका रुपमा देखाउन खोजिएको छ । तर सुनार र प्रधानबीच भएको कुराकानीमा पनि जा’तीय वि’भेदको कुरा आएको छैन ।

उहाँले आफ्ना लागि कुनै समस्या नरहेको भए पनि घरमा हुनु भएकी सासुआमाका कारण स’मस्या उत्पन्न भएको उल्लेख गर्नुभएको छ ।यो बीचमा करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेका एक व्यक्तिले आफ्नो अनुभव साझा गरेका छन् ।आफ्नो अनुभवका आधारमा पत्रकार अजय साह शिवालीले प्रधानमाथि लागेको जा’तीय वि’भेदको आरोपलाई इ’न्कार गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व सगरमाथा टेलिभिजनकर्मी एवं अहिले अप्पन टिभीका सम्पादक रहनु भएका उहाँले एक लामो स्टाटस राख्दै यस्तो बताउनु भएको हो । उहाँले लेख्नु भएको फेसबुक स्टाटस यस्तो रहेको छ स्करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेको अनुभवका आधारमा भन्छु, उहाँले जा’तीय वि’भेद गरेको मेरो मनले मान्दैन ।

दुई दशकभन्दा बढी समयको काठमाडौं बसाइँका क्रममा विविध कारणले कोठा सर्ने क्रम चलि नै रह्यो । यस अवधिमा मैले ८ पटकसम्म कोठा परिवर्तन गरेँ । यसैक्रममा २०६८ तिर कोठा खोज्न म बबरमहलतिर पुगेँ ।कार्यथलो सगरमाथा टेलिभिजनको १–२ किलोमिटरको रेडियसमा कोठा खोज्ने अभियान थालियो ।

कोठा खोज्दै जाँदा सरस्वती प्रधानको घरमा पुगेँ । मि’जासिलो स्वभावकी उहाँले मेरो जात र धर्म सोध्नु नै भएन, सहजै कोठा भाडामा दिनुभयो ।पाँच वर्षको बसाइँका क्रममा मैले सरस्वती प्रधान र उहाँको परिवारबाट कहिल्यै कुनै स’मस्या भोग्नुपरेन, न त कुनै वि’भेदको आभाष भयो ।

बरु कुनै स’मस्या पर्दा प्रधान परिवारले भरथेग सहयोग नै गर्दथ्यो । अझ हुर्किदै गरेको मेरो छोरोको हेरविचारमा प्रधान परिवारको योगदान अ’तुलनीय र अविष्मरणीय छ ।अब मुख्य कुरा, नेपालमा द’लित जा’तिसँग मात्र होइन मु’स्लिमसँग पनि छु’वाछूत हुने गरेको छ । यद्यपि, अहिले द’लित र मु’स्लिमसँग हुने छु’वाछूत व्यापक न्यूनीकरणतर्फ छ ।

यो कुरा सबैले महसुस गरेकै हुुनुपर्छ । सानो छँदा त ‘द’लित र मु’स्लिमले छोएको नखानू’ सम्मका कुरा सुन्थेँ । यहाँ मु’स्लिमको प्रसंग किन ल्याएको हो भन्दा सरस्वती प्रधानको घरको तल्लो फ्ल्याटमा तीन कोठामध्ये दुई वटा मैले लिएको थिएँ भने एउटा कोठा मु’स्लिम स’मुदायका व्यक्तिलाई दिइएको थियो ।

तर, त्यहाँ बसुञ्जेल अर्को धर्मका व्यक्तिसँग कुनै किसिमको भे’दभाव वा छु’वाछूत व्यवहार नगरेकी सरस्वती प्रधानले आफ्नै धर्मकी रूपा सुनारलाई जातकै आधारमा कोठा नदिएको कुरा मेरो मनले मान्दैन ।सार्वजनिक भएको अडियो सुन्दा रूपा सुनारलाई कोठा दिने कुरा सरस्वती प्रधानकी बुढीआमालाई मन नपरेको बु’झियो ।

अब एउटी बुढीआमा अर्थात पुरानो पुस्तालाई ‘छु’वाछूत व्यवहार नगर’ भनेर ज्ञान दिने आँट नेपालको संविधान, का’नुन, समाज र परिवारसँग छ रुधेरै टाढा जानु परेन, हामीले आ–आफ्नै परिवारका पुरानो पुस्ताका सदस्यहरूको मान्यतालाई एकपटक स्मरण गरौं त १ उनीहरूको सोच कस्तो थियोरछ ?

के उनीहरूले वर्षौदेखिको जातीय विभेदयुक्त मान्यताहरू पूर्ण रूपमा छाडि सके रु त्यसैले, जातीय विभेद पुस्तान्तरणसँगै न्यूनीकरण हुने हो, रातारात होइन भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ । सकारात्मक कुरा के छ भने नयाँ पुस्तामा यस्तो सोच छैन, हुनु हुँदैन । यसलाई नै पहिलो र महत्वपूर्ण उपलब्धि मानेर समयसँगै हिडौं । 🙏🙏

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty nine − fifty one =