माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै !

काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपप्रधानसहित गृहमन्त्री बनाउन दबाब दिएका छन्।

आफूलाई गृहमन्त्री बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गर्न श्रेष्ठले प्रचण्डलाई हैरान पार्नेगरी दबाब दिएको उच्च स्रोतले जनाएको छ। त्यसका लागि जनार्दन शर्माले सम्हालेको अर्थ मन्त्रालय नेपाली कांग्रेसलाई जिम्मा लगाउन समेत भनेको बताइएको छ।

प्रतिनिधि सभा चुनावमा गोरखाबाट पराजित भएपछि राष्ट्रियसभा सदस्यमा छिर्नका लागि पनि श्रेष्ठले प्रचण्डलाई व्यापक दबाब दिएका थिए, जसका कारण नैतिक राजनीती र संविधानको मर्म कुल्चिँदै तत्कालिन नेकपाले निर्वाचित गराएको थियो।

संविधानमा चुनाव हारेका नेता सदन सदस्य नहुने र मन्त्री पदमा बस्न नपाउने व्यबस्था छ। कमानसिह लामा मृत्यु प्रकरणमा विवादमा तानिएका श्रेष्ठले स्वकिय सचिव सुसन कर्माचार्यमार्फत विभिन्न ठाउँमा लगानी गरेको चर्चा चलेको थियो।

आज वा भोलीसम्म विस्तार हुने सरकारमा माओवादीलाई ७ मन्त्रालय दिएपनि यसअघि नै गृहमा प्रधानमन्त्री देउवाले बालकृष्ण खाणलाई नियुक्त गरिसकेका छन्।

‘कांग्रेसलाई गृह छाड्न दबाब दिएर श्रेष्ठ शक्तिमा उदाउन प्रचण्डलाई गठबन्धनमा नै अप्ठेरोमा पार्न खोजिरहेका छन्’, स्रोत भन्छ, ‘यो संविधान जोगाउने सरकारलाई संविधानविपरितका काम गराउने दुष्प्रयास भयो।’

सादा जीवनमा रहेको भनी प्रचार गरे पनि श्रेष्ठ पदका लागि मरिहत्ते गर्ने अनि विवादमा आइरहने नेता हुन् । परराष्ट्रमन्त्री हुँदा नै उनी विवादित छविका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + five =