संसद छल्दै अध्यादेश ल्याउनु सधैं गलत – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै नेता थापाले संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु हिजो पनि गलत भएको र आज पनि गलत नै भएको बताएका छन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पनि गलत भएको र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश पनि गलत भएको उनको जिकिर छ । उनले संसद छलेर ल्याइने अध्यादेश सधैं नै गलत भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत १ हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत । हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन–हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

उनले संगसंगै अर्को ट्वीटर पनि पोष्ट गरेका छन् । जसमा लेखिएको छ, ‘संगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन–हुँदैन। विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

सरकारले सोमबार संसद अधिवेशन अन्त्य गरेर मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको छ । तत्कालीन ओली सरकारले अध्यादेश ल्याउँदा जारी गर्न समय नै नलगाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यसपालि भने देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्न समय लगाएकी छिन् ।

राष्ट्रपति कार्यालयले अध्ययन भइरहेकाले ढिलाई भएको जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty one − 75 =