सबै कम्युनिस्टहरूसँग एकताको प्रक्रिया अघि बढाउने माओवादी केन्द्रको निर्णय !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेपालका कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“कम्युनिस्ट आन्दोलनलाई आजको युगको आवश्यकता अनुसार समाजवाद निर्माण गर्ने खालको शक्ति निर्माणलाई केन्द्रविन्दुमा राख्ने र त्यसका लागि क्रान्तिकारी धाराका सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउन वार्ता तथा पहल गर्ने निर्णय गरेका छौँ,” उनले भने ।

उनले सरकार विस्तारमा ढिलाइ भएको तर अब छिट्टै पूर्णता दिने बताए । “सरकार विस्तारमा ढिलाइ भइरहेको छ । यो दुःखद् हो । अब हामी सरकारलै छिट्टै पूर्णता दिन्छौँ । संसद्लाई पूर्ण कार्यकाल चलाउन्छौँ,” प्रवक्ता श्रेष्ठले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty four + = 54