प्रचण्डको एक इसाराले एमालेमा खैलावैला ! रातारात थुप्रै सांसदहरु माधवको नयाँ पाटीमा प्रवेश

काठमाडौँ । नेकपा एमाले परित्याग गरी थप तीन सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने निधो गरेका छन् । प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डे र माया न्यौपाने र राष्ट्रिय सभाका शारदादेवी भट्टले मंगलबार निर्वाचन आयोगमा समाजवादीको सूचीमा समावेश गरिदिन निवेदन दिएका हुन् ।

तीमध्ये भट्टको नाम समाजवादीले बुझाएको सूचीमा थियो तर, हस्ताक्षर थिएन । आयोगले बुधबार नयाँ दल दर्ताको लागि हस्ताक्षर सहितको सनाखत गराउन बोलाएको छ ।

उनीहरूले पनि अरुसँगै सनाखत गराइदिन भन्दै आयोगमा निवेदन दिएका हुन् । त्यस्तै केन्द्रीय सदस्यमा सनाखत गराइदिन भन्दै राजन राईले पनि निवेदन दिएका छन् ।

आयोगमा ९५ जना केन्द्रीय सदस्य रहनेगरी एमालेबाट फुटेका समूह नयाँ दल दर्ताको लागि निवेदन दिइसकेका छन् । यसमध्ये ३१ जना सांसद र ५८ जना एमालेका केन्द्रीय सदस्यको नाम समावेश छ । संघीय संसदका ३१ मध्ये शारदादेवी भटट् र शान्तिकुमारी अधिकारी जिसीको हस्ताक्षर थिएन ।

त्यस्तै शान्तिको नाम दुई ठाउँमा समावेश गरिएको थियो । निर्वाचन आयोगले २९ जना सांसदको मात्रै सनाखत गराउने आयोगका सचिव सुरेश अधिकारीले बताए । त्यस्तै ५८ जना केन्द्रीय सदस्यमध्ये ५५ जनाको मात्रै हस्ताक्षर रहेको उनले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालको भने सनाखत नहुने भएको छ । खनाल सनाखतको सहजीकरणका लागि आयोगमा निवेदन पठाएका थिए । तर दिल्लीमा उपचाररत भएकाले निवेदनमा उनको हस्ताक्षर छैन । यसअघि नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा खनालको हस्ताक्षर थिएन ।

‘अब केपीको कित्ता एकातिर र क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ’ – नेपाल

‘हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरा’छ । न यता जान दिने न उता जान दिने ।’

काठमाडौँ — प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन् ।

मंगलबार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफूहरुलाई पार्टीबाट निष्कासन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन् ।

आफू लगायतका १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि आफूहरु साग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उनले बताए । उनले भने, ‘अब केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति बनिसकेपछि, त्यहाँ जाने ढोका बन्द भइसकेपछि, त्यसमा पनि १४ जना सांसदलाई पूरै पार्टीबाट निष्कासन गरिसकेपछि, हामीलाई पनि पार्टीबाट पूरै निष्कासन गरिसकेपछि हाम्रो सामू अरु कुनै विकल्प बाँकी रहेन ।

निष्कासित भइसकेपछि हामीले कि त घुँडा टेक्नुपर्थ्यो, चुप लागेर सडकमा बस्नुपर्थ्यो, कि त हामीले अर्को क्रान्तिकारी पार्टी निर्माण गरेर हाम्रो नेपाली राजनीतिको, कम्युनिष्ट आन्दोलनको इतिहासमा विद्रोहीहरुले नै सफलता हासिल गरेको विगतको इतिहास, दक्षिणपन्थी अवसरवाद पराजित गरिएको त्यो इतिहासलाई हामीले साक्षी राखेर नयाँ कदम चाल्ने काम गरेका छौं । र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामको पार्टी दर्ता गरेका छौं ।’

अध्यक्ष नेपालले आफूहरुसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्याभन्दा बढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गरे । उनले एमाले एकीकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटी भूमिका खेलेका नेताहरुसँग पनि एकताबद्ध भएर जाने कोसिस गरिरहेको उल्लेख गरे ।

केपी ओली र आफूहरुको कित्ता छुट्टिएको उल्लेख गर्दै उनले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल गर्न तयार रहेको बताए । उनले भने, ‘चाहे वार्तामा जुट्नुभएका कमरेडहरु हुनुहोस् । चाहे वार्तामा नजुटेर पनि भूमिका खेल्नुभएका कमरेडहरु हुनुहोस् । सबै मिलेर हामी एकताबद्ध भएर जाने कोसिसमा छौं ।

अब केपीको कित्ता एकातिर भएको छ र अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ । कम्युनिष्ट पार्टीको पुर्नगठनको नयाँ अभियान सुरु भएको छ । यो पुनर्गठित कम्युनिष्ट पार्टीले अब अरु वामपन्थी पार्टीहरुसँग भोलि चुनावी तालमेल पनि गर्नेछ र अरु लोकतन्त्रको रक्षाको लागि, संविधान, राष्ट्रियता, संघीयताको रक्षाका लागि, समाजवादको दिशामा अघि बढ्नका लागि सोच र मान्यताका साथ हामी अगाडि बढेका छौं ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको विचार र धारणामा परिवर्तन आएमा पार्टी गठन गर्ने बित्तिकै ओलीसँग पनि एकताको निम्ति तयार रहेको बताए । उनले आफूहरुलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र भएको भन्दै षडयन्त्रलाई चिरेर पार्टी निर्माण गर्ने पनि बताए । उनले भने, भोलि पनि कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने, स्वयं एमालेको केपी ओलीको जुन समूहमा पनि विचारको परिवर्तन भयो भने, धारणामा परिवर्तन भयो भने ढोका सधैं खुल्ला छ ।

हामीले पार्टी गठन गर्ने बित्तिकै पनि एकताको निम्ति हामी तयार हुन्छौं । तर यो गठन गर्नै नदिइकन हामीलाई अलपत्र पार्ने षडयन्त्र भइरहेको छ । हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइराछ । न यता जान दिने न उता जान दिने । न केपी ओलीको गतिविधिलाई अन्त्य गर्ने, रोक्ने, केहीपनि नगर्ने अनि त्यसपछि यो मौका समाप्त गर्दिने । अनि हामीलाई सबै किसिमको आन्दोलनबाट बञ्चित पार्ने खालको षडयन्त्रलाई हामी चिर्छौं । र, चिरेर एकताको अभियानलाई निरन्तरता दिँदौ जानेछौं । कम्युनिष्ट आन्दोलनलाई पुर्नगठित गर्ने, एकताबद्ध बनाउने यो अभियान जारी रहनेछ ।

उनले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफूसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको बताए । आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि नयाँ पार्टी गठन पछाडि प्रदेश र स्थानीय तहको जनप्रतिनिधिले २१ दिनभित्र राजनीतिक पार्टी रोज्न पाउने कुरा उल्लेख गर्दै उनले शाक्यले कुन पार्टी रोज्नुहुन्छ सोही आधारमा वाग्मती प्रदेश सरकारलाई आफुहरुले कसरी हेर्ने भन्ने तय हुने बताए ।

उनले भने, ‘अष्टलक्ष्मी कमरेडको बारेमा मेरो सल्लाहले नै उहाँ हुनुभएको हो । मेरो सहमति लिनुभएकै हो । तर उहाँ पनि अप्ठ्यारोमा हुनुहुन्छ । अहिले त हुनुभयो, जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमाथि भरपर्ने कुरा हो । म धेरै अहिले भन्न चाहन्नँ । अब त्यो नयाँ पार्टी बनिसकेपछि २१ दिनभित्रमा कुन पार्टी रोज्ने भन्ने हुन्छ । त्यो समयभित्र उहाँ कता रोज्नुहुन्छ त्यसको आधारमा अनि त्यो सरकारलाई हामीले कसरी हेर्ने भन्ने तय हुनेछ । अहिले मेरै सहमतिबाट नै, मेरो अनुमतिबाट नै पनि उहाँ जानुभएको हो ।’

नेपालमा समाजवादी केन्द्र बनाउने बहसका बीच पार्टीको नाम समाजवादी राखेको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आफूहरुले कम्युनिष्ट पार्टी नत्याग्ने स्पष्ट पारे । नेपाल कम्युनिष्ट पार्टीको नामलाई त्याग्ने कसैसाग पनि एकता सम्भव नभएको उनले बताए ।

एमाले स्थायी कमिटीको बैठकले भन्यो स् बाटो बिराएकाहरू मूलघर फर्क

काठमाडौँ — एमालेले पार्टी विभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’ मा फर्किन आह्वान गरेको छ । मझधारमा रहेका नेताहरू समेत सम्मिलित स्थायी कमिटीको मंगलबारको बैठकले बुधबार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेताहरूलाई बाटोबाट फर्किन भनेको हो ।

‘दल दर्ताको प्रक्रियाबाट अलगत रहनुहोस् स्वागत गरिने छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।

एमाले बैठक स् आगामी मंसिरमा महाधिवेशन, १० बुँदे कार्यान्वयनलाई ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ — एमालेले १० बुँदे सहमतिका आधारमा जेठ २ अघिका सबै संगठनहरू क्रियाशील गराउने निर्णय गरेको छ । पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति इमान्दार रुपमा कार्यान्वयनका लागि ६ सदस्यीय कार्यादल पनि गठन गरेको छ । कार्यादलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्ट छन् ।

माधव नेपालसँग विभाजनको प्रक्रियामा नजोडिएका नेतासहित बसेको बैठकले पार्टीका महाधिवेशनको मिति समेत तय गरेको छ । केन्द्रीय महाधिवेशन आउँदो मंसिर १० देखि १२ सम्म हुने भएको छ । त्यस्तै विधान महाधिवेशन असोज ४ देखि ६ सम्म हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 8 = sixty four