अन्तत: प्रचण्ड कै प्रस्ताबमा पहिलोपटक मन्त्री बने..!

काठमाडौं । रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । उनले २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् ।झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन् ।

दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए ।

त्यसले नै उनलाई राजनीतिक उदयका लागि समेत सहयोग गरेको छ ।

उक्त घटनाबाट चर्चामा आएकी झाँक्री विद्रोही नेतृको रूपमा परिचित छिन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधव नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्बिरका कारण चर्चामा आएकी थिइन् । उनलाई कतिपयले एमाले ‘विद्रोहकी विम्ब’को समेत संज्ञा दिएका थिए ।


२०३५ मा गुल्मीमा जन्मेकी उनले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् । पारिजातका कृतिबाट प्रभावित उनलाई पारिजात संघर्षशील नारी पुरस्कार पनि दिइएको थियो । इतिहास, दर्शन र साहित्यमा उनको रुचि छ।


विकास नीतिमा समेत रुचि भएकी उनले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty one − = twenty four