संकटा मन्दिरको दर्शन गर्दै हेर्नुस आजको राशिफल सोचेको सबै कुरा पुरा हुनेछ ! माघ १० गते । शनिबार

वि.सं.२०७७ साल माघ १० गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–दशमी,३२ घडी ३८ पला,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त एकादशी । नक्षत्र–कृतिका,३५ घडी २३ पला,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त रोहिणी । योग–शुक्ल,३७ घडी ४२ पला,बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त ब्रम्ह । करण– तैतिल,बिहान ०६ बजेर ५८ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर ०० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नयाँ कामको प्रश्ताव आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरिको उपलब्धिमुलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममूखि कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुशि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नियम संगत काम नगर्नेहरुले राज्यबाट दण्ड तथा जरिवाना तिर्नु पर्नेछ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । औजार तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नु होला समय मध्ययम रहेकोछ । आफन्त तथा अग्रजसँग घरायसि कुरामा मनमुटाब सिर्जना हुनेयोग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सरकारी धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ । आत्मिय मित्रहरु सँग भेटघाट हुने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनाले मन प्रशन्न रहनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत ब्यात्तिहरुको सल्लाहमा गलत निर्णय हुन सक्छ । बिहानको समय राम्रो रहेकोले व्यापारमा बृद्धि हुने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । भौतिक सम्पती प्राप्तीको योग रहेकोछ भने बिलाशीताका सामानमा चासो बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ भने बौद्धिकताको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × two =