अस्पतालबाटै शाहीको विज्ञप्ति: ‘संसद् जाने तयार हुँदा बेहोस भएछु, पार्टीको निर्णयमा प्रतिबद्ध छु’


काठमाडौं : गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला आफू विरामी भएकाले उपस्थित हुन नसकेको बताउनुभएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने समयमा अचानक विरामी भइ बेहोस भएकाले उपस्थित हुन नसकेको बताउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सदनमा जाने भनि तयारी अवस्था रहेका बेला अचानक विरामी भइ भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल जाँदै गर्दा बेहोस् भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्य क्रमिक सुधार भइरहेको महसुस गरेको छु ।’

पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफू प्रतिबद्ध रहेको शाहीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । यसबीचमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट पार्ने उहाँको भनाइ छ ।

प्रदेशसभा बैठक चलिरहेका बेला बेपत्ता भनिएका सांसद शाहीको चरक अस्प्तालको आईसीयूमा भेटिनुभएको थियो । हिजो मात्रै उहाँको दुई वटा कोरोना परीक्षण रिपोर्ट सार्वजनिक भएको थियो ।

जसमध्ये एकमा नेगेटिभ र अर्कोमा पोजेटिभ देखिएको थियो । हिजो साँझ स्वाब संकलन गरी गरिएको परीक्षणमा भने उहाँमा को,रोना पोजे,टिभ देखिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = four