
गुल्मी : गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा,ईते भएका थिए। जसमा एक जनाको मृ,त्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी च,ट्याङ मगरसहित उनका परिवारका ७ जना घा,ईते भएका हुन्।
चट्याङ लागेर घा,ईते भएकी १८ वर्षीय करिष्मा गाहाको मृ,त्यु भएको हो ।
बिहान सुतिरहेको समयमा घरमा च,ट्याङ लागेर घा,ईते भएकी करिस्मालाई उपचारको लागि जिल्ला अस्प,ताल तम्घास पुर्याईएको थियो। उक्त अस्प,तालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि,धन भएको तम्घासबाट बिमल छन्तेलले जानकारी दिए।
चट्याङ लागेर करिस्माको मुख, कपाल जलेको थियो। बिहान सुतिरहेको समयमा घरमा चट्याङ पर्दा उजिर मगर, उनकी श्रीमती ६२ वर्षीय सतिकला गाहा, छोरा ३७ वर्षीय तुल बहादुर गाहा, बुहारी ३२ वर्षीय जुनी गाहा, नातिनी बुहारी १८ वर्षीय करिष्मा गाहा, नातिनी १४ वर्षीय मेलिना गाहा र नाति १८ वर्षीय जेनित गाहा घा,ईते भएका हुन् ।
त्यस्तै छिमेकी चित्र बहादुर गाहा र उनकी श्रीमती ज्योतिकला गाहा पनि घा,ईते भएका छन् । त्यस्तै जुनी गाहा, मेलिस गाहा र जेनित गाहालाई जिल्ला अस्प,तालमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको र उनीहरुको अवस्था पनि गम्भीर रहेको स्थानीय विमल छन्तेलले जानकारी दिए ।
उक्त चट्याङमा परि निधन भएकी करिष्माले ३ महिना अगाडी मात्र विहे गरेर घरमा आएकी थिईन् । उनका श्रीमानपनि अहिले घरमै छन् । भर्खरै बिहे गरेर नौला सपना सजाएका करिष्माको जोडिको सपना अधुरै रह्यो । उनको उप,चारको क्रममा तम्घास अस्प,तालमा नि,धन भएको हो ।