आमिर खानले पत्नीलाई दिए ‘तलाक’, बिहेको १५ वर्षमा टुट्यो सम्बन्ध

भारत । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले एकअर्कालाई तलाक दिएका छन् । दुवैले संयुक्त वक्तव्य जारी गर्दै बिहेको १५ वर्षमा सम्बन्धविच्छेद गरेको जनाएका छन् ।

अब दुवैले नयाँ जिन्दगीलाई अलग–अलग जिउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त वक्तव्यमा लेखिएको छ, ‘यी १५ सुन्दर वर्षमा हामीले एकसाथ जीवनभरका अनुभव, आनन्द र खुशी आदानप्रदान गरेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बाँडिएको थियो ।

अब हामी जीवनको नयाँ अध्याय शुरू गर्न चाहन्छौं – पतिपत्नीको रूपमा नभई सह–बुवा–आमा र परिवारका रूपमा । हामीले केही समयअघि अलग–अलग हुने योजना शुरू गरेका थियौं । अब यस योजनालाई औपचारिक रूप दिन सहज महसूस गरिरहेका छौं ।’

सम्बन्धविच्छेद भएपनि आगामी दिनमा समेत सहकार्य हुनसक्ने संयुक्त वक्तव्यमा उल्लेख छ । ‘हामी दुवै अलग–अलग बस्ने भएपनि आफ्नो जीवनलाई एक विस्तारित परिवारका रूपमा सहकार्य गर्नेछौं । हामी छोरा आजादप्रति समर्पित आमा–बुवा हौं । उनको पालनपोषण हामी मिलेर गर्नेछौं । हामी फिल्म, पानी फाउन्डेसन र अन्य परियोजनामा पनि सहयोगीको रूपमा काम जारी राख्नेछौं ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight ÷ 16 =