नागदेवतालाई दर्शन गरी हेर्नुस आजको राशिफल ! अधुरो सबै काम बन्नेछ ! असोज २४ गते । शनिबार

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल असोज २४ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्ण पक्ष । तिथि–अष्टमी ,१६ घडी ४० पला,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३८ मिनेट ।

मेष : गन्तब्य बिहिन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाई सँग मन मु’टाब बढ्नेछ । प्रे’ममा मन मु’टाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि वि’वाद तथा अ’दालति पक्रियामा सामेल नहुनु होला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।

बृष : कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ ।

मिथुन : समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रे’ममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउन सकिनेछ ।

कर्कट : काम गर्दा कानुनको पालना राम्रोसँग गर्नु होला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रे’मको दुरि बढ्ने हुनाले मनमा नरामाईलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तरपनि बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुनेछन् ।

सिहं : स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बि’वाद सिर्जना हुँन सक्छ । अध्ययनमा मन नजाने तथा प्रे’ममा फाटो आउँने अधिक सम्भावना रहेकोछ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।

कन्या : व्यापारमा नाफा कमाउन अलि बढि नै समय दिनु पर्नेछ भने नोकरिमा बिशिष्ट व्याक्तित्वहरुसँग बि’वाद बढ्नेछ । बुवा वा अग्रज सँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन। राजनिति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शि’कार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनाबस्यक शंका गर्नाले मन मु’टाब बढ्नेछ । साझपख समय राम्रो रहेकोले खनिज पदार्थसँग सम्बन्धित व्यावसायबाट आम्दानी गर्न सकिनेछ ।

तुला : बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिने छ भने उत्तम बस्त्र, मनपर्ने तथा बिलाशि बस्तु हात लागि हुनेछ । धा’र्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार स’स्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

बृश्चिक : स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानि नगर्नुनै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । साझपख समय राम्रो रहेकोले बौद्धिक जमघटमा सामेल हुने अवसर जुर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

धनु : चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजन को आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । साझपख समय मध्ययम रहेकोले आफन्तसँग मन मु’टाब बढ्नेछ ।

मकर : राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिष्पर्धिको रुपमा अरुनै देखा पर्नेछन्। खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । साझबाट समय राम्रो रहेकोले बिद्या तथा प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । आफन्तबाट सहयोग पाईने योग रहेकोछ ।

कुम्भ : पति पत्नि बीचको स’म्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ। सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला। राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विका समा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाईदा गराउनेछ ।

मीन : आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुने छ । समाजिक काममा समय दिनु पर्ने छ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बि’ग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 + two =