अभिनेत्री नम्रता सापकोटा भन्छ्नि- ‘विहे नै नगरि सन्तान पाउन चाहन्छु’

काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलि भिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ। विहे भन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।

समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् । आमाको माध्यम मार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा बिहे नभए पनि बच्चा जन्माउने उनको भनाई छ ।

अहिले बच्चा जन्माउन धेरै टेकनिक भएकोले श्रीमान-श्रीमती नै हुनु नपर्ने उनी बताउँछिन्। उनले आफू विवाहको विरोधी नभएको पनि बताइन् । तर, दबाबमा बिहे गर्नु नहुने उनको तर्क छ। आफूले सकारात्मक व्यक्ति नभेटेकाले बिहे नगरेको नम्रता बताउँछिन्। थप भिडीयो मार्फत हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = thirty six