सञ्चारकर्मी राजकुमार रायमाझीलाई सिता तमुस्यो (दोङ्ग) ले “क्या हो तिम्रो पारा”भनेपछि अचम्मित (भिडियो सहित)

काठमाण्डौ। सञ्चारकर्मी, गायक तथा सर्जक राजकुमार रायमाझी र गायिका सीता तमुस्यो ‘दोङ’ को आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘क्याहो तिम्रो पारा’को भिडियो सार्वजनिक भएको छ ।

‘सहयात्री’ नविन गुरुङको प्रस्तुती रहेको गीतमा गायक, सर्जक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको शब्द रचना रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ ।

म्युजिक बैक नेपाल, अनामनगर, काठमाडौमा रेकडिङ भएको यस गीतमा बिजय बुढा मगरले रेकडिङ, मिक्सिङ गरेका हुन ।

भिडियोमा किरण मगर र सुस्मिता श्रेष्ठको, अभिनय रहेको छ । राजकुमार रायमाझीद्वारा निर्देशित भिडियोमा मन बहादुर पुनको छायांकन, सम्पादन रहेको छ ।

माया प्रेमको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ, गीतकार रायमाझीले भने, ‘यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु’ । गीतको मर्म अनुसारको भिडियोमा उतार्ने कोशिस गरेको निर्देशक रायमाझीले बताए ।अब उक्त भिडियो हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty one = 59