
काठमाडौं । अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । अभिनेत्री पन्तले आफू, छोरी र पति हरि थपलियासँगको तस्वीर राख्दै आफूलाई पुत्री लाभ भएको जानकारी मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी हुन् ।
अभिनेत्री पन्त यतिबेला बेल्जियममा छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्लै अभिनेत्री पन्तले ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत’ भन्दै लेखेकी छन् ।
अभिनेत्री पन्तले केही समयअघि मात्रै पनि बेबी बम्पको फोटोहरु सार्वजनिक गरेकी थिइन् ।
Facebook Comments Box