दर्शकसँग दुर्गेशले मागे माफी ! प्रतिष्ठानलाई पलको यस्तो सुझाव…!

काठमान्डौं । ‘बिच्च बिच्चमा ४’ बोलको तीज गीतमा प्रयोग गरिएको शब्दलाई लिएर गायक तथा मोडल दुर्गेश थापा विवादमा फसे । उनलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिसकेको छ ।

उसो त प्रतिष्ठानले दुर्गेशलाई साधारण सदस्य पनि नरहने बाहेक अन्य बुँदा समेत उल्लेख गरेर कारवाही गरेको थियो । तर, सामाजिक संजालमा चर्को विरोध भएपछि प्रतिष्ठानले बुँदा सच्चाएको थियो ।

यसैविच, गायक थापाले दर्शकसँग माफी मागेका छन् । आफ्नो नयाँ गीत ‘बिच्च बिच्चमा ५’को प्रमोशनका क्रममा दुर्गेशले दर्शकसँग माफी मागेका हुन् । उनले भने–‘आफूले प्रयोग गरेको शब्दबाट दर्शकको भावनामा ठेस लागेको छ भने म माफी माग्न चाहन्छु । ममा धेरै परिवर्तन आइसकेको छ । तर, कहिलेकाही चिप्लन्छु । मलाई माफी दिनुहोला ।’

तर, दुर्गेशले प्रतिष्ठानको कदममा भने आपत्ती जनाए । उनले भने–‘प्रतिष्ठानले ममाथि पूवाग्रही राखेर कारवाही गरेको छ । यदि, प्रतिष्ठानसँग जोडिएका सल्लाहाकारदेखि सदस्यहरुका छाडा भनिएका गीत युटुबबाट हटाइन्छ भने म मेरो गीत १० मिनेटमै युटुबबाट हटाउन तयार छु ।’

दुर्गेशले दर्शकसँग माफी माग्दै गर्दा उनका नजिकका साथी नायक पल शाहले भने प्रतिष्ठानले एकैपटक कारवाही गर्न नहुने बताएका छन् । उनले भने–‘दुर्गेशबाट गल्ती भएको भए एकपटक बोलाएर संझाउनुपर्छ । प्रतिष्ठान त कलाकारको घर हो । आफ्ना छोराछोरीले गल्ती गर्दा बाबु आमाले गाली गर्छन्, संझाउछन् तर एकैपटक घरबाट निकाल्दैनन् ।’

पलले दुर्गेशलाई आफूले उनले प्रयोग गर्ने शब्दको बिषयमा धेरै संझाउने गरेको र दुर्गेशमा धेरै परिवर्तन आइसकेको बताए । उनले भने–‘यसपटक पनि गीतमा प्रयोग गरिएको शब्दमा मैले आपत्ती जनाएको थिएँ । तर, दुर्गेशले आफ्नो घर बाग्लुङतिर ‘बल्ल खाइस्’ भनेर वुझिने बताएपछि मैले केही पनि बोलिन । म पनि दुर्गेशको गीतबाट दर्शकको भावनामा ठेस लागेकाले माफी माग्न चाहन्छु ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = 27