काठमान्डौं । महिलाहरुको महानपर्व हरितालिका तीज अजिकिदै गरेको अवस्था छ । सोही क्रममा तीज गीत बजारमा ल्याउनका लागी धेरै कलाकारहरुको होडबाजी नै चलेको छ । साथै कस्को गीतले कती भ्युज पाउने र कती भ्युज पुर्याउने भन्ने प्रतिस्पर्धा पनि छ ।
पछिल्लो समय अडियो, भिडियो देखी बुस्ट हान्ने सम्म महंगो खर्च गर्ने गरेको हामी प्रसस्त देख्न पाउछौं । यती खर्च गरे मेरो गीत हिट हुन्छ भन्ने धेरै कलाकारहरुको मानसिकता रहेको छ । गीत हिट हुनका लागी धेरै लगानी हैन सबैमा फिट हुनुपर्छ । मतलव शब्द, लय देखी अडियो भिडियो सम्म नै दमदार चाहिन्छ । त्यसपछि मात्र गीत हिट हुन सक्ने प्रवल सम्भावना हुन्छ ।
तीज कै अवसर पारेर अर्को तीज बिशेष गीत “तीजको बेला” सार्वजनिक भएको छ । यस गीतमा चर्चित संगीतकार एबं गायक श्रीकृष्ण बम मल्ल र मिलन नेवारको स्वर रहेको छ भने श्रीकृष्ण बम मल्ल कै शब्द, संगीत रहेको छ ।
चर्चित निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ । यस गीतको भिडियोमा पनि अत्याधिक खर्च गरिएर निर्माण गरिएको देखिन्छ । यस गीतले कत्ती सफलता पाउने भन्ने कुरा दर्शकहरुको हातमा रहेको छ ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला :