हलेसी महादेवलाई ॐ लेखेर हेर्नुस आज बिहीबारको राशिफल ! अधुरो सबै काम बन्नेछ ! असोज ३० गते । शुक्रबार

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल असोज ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्री शाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–औशी ,४९ घडी ३० पला,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त प्रतिपदा । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट ।

मेष : पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्ने छन् । माया प्रे’ममा सा’मिप्यता बढेर जानेछ भने पति प’त्नि बिच मायाको डो’रो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्या’यिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

बृष : सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घ’टना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ। खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चि’न्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घा’टा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिने छन् ।

मिथुन : माया प्रे’ममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मन मु’टाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ। कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टा’डिएर लामो यात्रा गर्नुपर्दा म’नमा बेचैन बढ्नेछ ।

कर्कट : सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । माया प्रे’ममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरु माझ राम्रो कामगरी प्रशिद्धि कमाउन सकिनेछ ।

सिहं : समय तथा परिस्थिति अनुसार चल्न नसक्ता अलि दुःख पाइने छ । पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। कु’टुम्ब तथा आफन्त सँग मन मु’टाब बढ्ने तथा बि’वाद सिर्जना हुनेछ ।

कन्या : पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दानि हुने छ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरि समाजमा नाम कमाउन सकिनेछ । साभिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रे’म गर्ने जोडिहरुका लागि समयले साथ दिनेछ भने नया नया प्रे’म प्रस्ताब आउनेछ । बिद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सक्नेछन् ।

तुला : स्वास्थको बिशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथि भाईहरुले खासै सहयोग गर्ने छैनन् । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिने छ । कामलाई दोहोर्याएर गर्नु पर्दा मा’नशिक त’नाब बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक : आयभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफ लता प्राप्त गर्न सकिनेछ । माया प्रे’ममा नजिक हुने तथा नया ठाउबाट प्रे’म प्रस्ताब आउनेछ । ईच्छा आ’कांक्षा पुरा गर्न सकिनेछ ।

धनु : समाजसेवा तथा राजनितिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँने छन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुने छन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् ।

मकर : नाफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । धर्म संस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ। अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । बिहानको समय मा घर परिवार तथा आफन्त सँग मन मु’टाब सिर्जना हुनेछ । बाहिरी बाताबरणको ध्यान दिनुहोला स्वास्थ्यमा स’मस्या आउने योग रहेकोछ । प्रे’ममा मन मु’टाब सिर्जना हुनेछ ।

कुम्भ : क’ष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ। आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मन मु’टाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाई देखि टाडिन सक्छन् ।

मीन : व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग स’म्बन्धीत क्षेत्रमा लगानि गर्दा मनग्गे लाभ मिल्नेछ। भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफु तिर आकर्षित गर्न सकिनेछ । साझेदारि व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रे’ममा रमाउन चाहने जोडिहरुका लागि समयले साथ दिनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety one − = eighty three