काठमाडौं। चर्चित देउडा गायिका रेखा जोशीको आवाजमा ‘झुम्केली बौजु’ बोलको गीत सार्वजनिक भएको छ। गीत ‘रेखा जोशी अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा गायिका जोशीलाई सुरेन भण्डारीले स्वरमा साथ दिएका छन्। सुदूरपश्चिमा गायिने यो गीतलाई नयाँ ढंगबाट गीतमा कम्पोज गरिएको हो।
बिहिबार मात्रै सार्वजनिक भएको यो गीतलाई दर्शक तथा श्रोताहरुले निकै रुचाएका छन्। गीतका टुक्काहरुमा धेरैले अहिले टिकटक बनाई रहेका छन्।
गाउँघरका टिपिकल शब्द गीतमा समावेश गरिएका कारण पनि धेरैले गीत मन पाएका छन्। गीतमा सुशिल बोहोराको शब्द र संगीत छ। गीतको भिडियोमा पनि गायिका जोशी र गायक भण्डारीलगायत अन्य कलाकारहरु देखिएका छन्। गौरव गिरीले भिडियोको निर्देशन गरेका छन्।
यसअघि पनि गायिका जोशीका धेरै गीत चर्चित छन्। उनले पछिल्लो समय देउडा क्षेत्रीकी नम्बर १ गायिकाको पनि पहिचान बनाएकी छन्। सुदूरपीश्चम, मध्यपश्चिम लगाएतका क्षेत्रमा उनको लोकप्रियता लोभ लाग्दो छ।
सञ्चारकर्मी हुँदै गायन क्षेत्रमा प्रवेश गरेकी रेखाले हजारौँ गीतमा आवाज दिएकी छन्। सामाजिक सञ्जालमा पनि उनको फ्यान फ्लोइङको लोभ लाग्दो आर्कषण देखिन्छ छ।