कस्तो अचम्म: कुखुराको भाले ३० दिनदेखि प्रहरी हिरासतमा !

एजेन्सी । चोरी, डकैती जस्ता अपराधिक मुद्दामा प्रहरीले मानिसहरुलाई जेलमा थुनेको त सुनैकै कुरा हो तर, आज हामीले प्रहरीको हिरासतमा रहेको कुखुराको भालेको बारेमा चर्चा गर्न लागिरहेका छौ । प्रहरीले दुईटा भालेलाई ३० दिनदेखि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुमाथि सट्टेबाजीको आरोप लगाएको छ ।

वास्तवमा मकर संक्रान्तिको पर्वमा दुईटा भाले लडाउने खेल भईरहेको थियो । मानिसहरुले भालेमाथि सट्टेबाजी लगाएका थिए । प्रहरीलाई यो सुचना प्राप्त भएलगत्तै समयमै पुगेर १० जना भाले लडाउने व्यक्तिहरुलाई पक्राउ गर्योे । केही भने भाग्न सफल भए ।

मानिस र दुई कुखुराको भालेलाई पनि प्रहरीले सँगै नियन्त्रणमा लिएको हो । केही दिनपछि मानिसहरु धरौटीमा छुटेपनि भालेहरुलाई हालसम्म कोही जमानतमा छुटाउन आएका छैनन् ।

हालसम्म दुई भालेलाई कोही छुटाउन गएका छैनन् भने कसैले दाबी पनि गरेका छैनन् । लिहाजा प्रहरीले भालेलाई मस्त खुवाएर राखेको छ ।

एक मिडिया रिपोर्टको अनुसार भालेलाई स्थानिय प्रहरीले अदालतले सुनुवाई गरेपछि छाडीदिने जनाएको छ । अदालतले उनीहरुलाई छाड्न आदेश दिए तुरुन्त छाड्ने योजनामा प्रहरी रहेको छ । सबैभन्दा धेरै मुल्य दिने व्यक्तिलाई भाले दिने भनिएको छ । पक्राउ परेका १० व्यक्तिको बाइक पनि प्रहरीले बरामद गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = 1