कोरोना नलागोस भन्दै पाथिभारा देवीको दर्शन गर्दै हेर्नुस आजको राशिफल ! कार्तिक ०२ गते । आइतबार

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल कार्तिक ०२ गते । आइतबार । ईश्वी सन् २०२० अक्टोबर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्वितीया, ३७ घडी २८ पला,बेलुकी ०९ बजेर १५ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट ।

मेष : नोकरीमा समय खर्चिनेहरुका लागि समय राम्रो रहेकोछ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नया प्रकृतिको कामगरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रे’ममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । इ’मान्दारीता तथा लगानशिलताले पक्ष पहिल्याउ सहज हुनेछ । म’हंंगा तथ वि’लाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

बृष : वि’वाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जाने छन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रे’ममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन: खानपानमा ध्यान दिनुहोला स्वास्थ्य क’मजोर बन्नुका साथै काममा ढिला सुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले विस्तारै प्रगति हुनेछ। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यवसायिक काम बीचमा अ’वरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

कर्कट : तपाईँको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला। अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ। बिभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाट नै बि’रोध हुने छ । अध्ययनमा भने जस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा ग’म्भिर हुनु होला हतार गर्नाले काम बिग्रनेछ । प्रे’ममा अविश्वास बढ्ने योग रहेकोछ ।

सिंह : छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरु भेटिने छन् । प्र’णय स’म्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोज मुलक विषयमा मन जाने छ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरि आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । विवादित विषयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।

कन्या: समय तथा परिस्थिति अनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शं’का उब्जाए पनि मान्यजनको सुझाव शि’रोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। कु’टुम्ब तथा आफन्त सँग मनमुटाब बढ्ने तथा बि’वाद सिर्जना हुनेछ ।

तुला : पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दानी हुने छ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरी समाजमा नाम कमाउन सकिने छ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रे’म गर्ने जोडिहरुका लागि समयले साथ दिनेछ भने नया नया प्रेम प्रस्ताब आउनेछ । विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सक्नेछन् ।

बृश्चिक : लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा निति नियमको पालना नगर्दा द’ण्ड तथा ज’रिवाना हुन सक्छ ध्यान दिनु होला। व्यापार व्यवसायमा कममात्र आम्दानी हुदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्र’ब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रे’ममा अविश्वास गर्नाले टाढीनु पर्ने हुन सक्छ ।

धनु : व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्यात्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जन ताको कामहरु समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रे’ममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रे’मलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।

मकर : नोकरी तथा जागिरमा आफ्नै कमजोरिले स’मस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आ’लोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय ख’स्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमि हुनेछ । बुवा वा बुवा सरहका मानिससँग वि’वाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले विशेष ध्यान दिनुहोला ।

कुम्भ : काम बिग्रने तथा मान सम्मानमा आ’घात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा म’न्दि आउनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ । ध’र्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यक्तिहरूले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला स’मस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।

मीन : पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाचो पर्नेछ। व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ। आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मन मु’टाब बढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रे’ममा नचाहाँदै नचाहादै टाढिनु पर्दा मन खिन्न हुनेछ । तपाईँको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

47 − = thirty nine