आज यी राशिहरु मालामाल हुने ! हेर्नुस आजको राशिफल ! कार्तिक ०७ गते शुक्रबार

ज्योतिषि डिपि भण्डारी : वि.सं. २०७७ साल कार्तिक ०७ गते शुक्रबार । इस्वी सन् २०२० अक्टोबर २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्ल पक्ष । तिथि–सप्तमी, १५ घडी ०३ पला, दिउँसो १२ बजेर ११ मिनेट उप्रान्त अष्टमी । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट ।

मेष : गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल सावित हुनु हुने छ । श’त्रु प’रास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मि’ष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ। पति प’त्नी बीचको सम्ब’न्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ ।

वृष : प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ । लामो समय देखि रोकिएर बसेका कामहरू बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरू आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । बिहानको समय मध्यम रहेकाले आफन्त तथा दिदीबहिनीसँग मनमु’टाव बढ्नेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन : स्वास्थ्य सबल हुनाले उपलब्धिमूलक कामहरू गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो नतिजा आउने हुँदा मन प्रशन्न हुने छ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया प्रे’ममा नजिक हुने समय रहेको छ भने दिदी बहिनीको सहयोगले राम्रा कामहरू गर्न सकिनेछ । व्यापार व्यावसाय फ’स्टाएर जाने तथा आकस्मिक धन प्राप्तिको योग रहेको छ ।

कर्कट : यात्राका क्रममा उपलब्धि मूलक कामहरू गर्न सकिनेछ। औषधिजन्य व्यापारमा लगानी गर्नेहरूले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ। पढाइ लेखाइ विभिन्न कारणले बिग्रन सक्छ, ध्यान दिनु होला । माया प्रे’ममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।

सिंह : प्रतिस्पर्धामा तपार्ईंकै जित हुनेछ भने सहयोगीको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईंकै पक्षमा हुनेछ । आफन्त तथा मा’वलीको साथ पाइने हुनाले दैनिकी थप सजह हुनेछ ।

कन्या : विद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने वातावरण बन्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रे’मको डो’रो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकाले राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

तुला : कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरू फराकिला बनाउन सकिने छ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गरी मनग्य धन आर्जन गर्न सकिने छ । आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरूले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ ।

वृश्चिक : छोटो तथा रमाइलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रे’ममा सा’मीप्यता बढ्नेछ भने पति पत्नी बीचको सम्बन्धमा प्रगाडता बढेर जाने छ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्य धन सङ्ग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिनेहरूले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

धनु : आफ्ना समस्याहरू परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रे’ममा वि’श्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।

मकर : राजनीति तथा समाज सेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ। माया प्रे’ममा सा’मीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरू बीच घनिष्टता बढेर जानेछ । दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू थप्न सकिनेछ । बिहानको समय मध्यम रहेकाले यात्रा गर्दा वा प्रशासनिक क्षेत्रमा काम गर्दा ध्यान दिनुहोला ।

कुम्भ : बिहानको समय राम्रो रहेकाले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने छ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरू जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरूको कारोबारबाट फइदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समय फ’लदायी रहनेछ ।

मीन : तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुबाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्य फाइदा हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिने छ तथा वित्तीय क्षेत्रसँग स’म्बन्धित कामबाट रूपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरू बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रे’म पात्र जुराउने ग्रहयोग रहेको छ । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + seven =