अर्कै केटासँग सल्किएको भन्दै कुबेतमा भारतिय युवकले गरे नेपाली युवतिको ह’ त्या

सांकेतिक तस्बीर

काठमाडौं, ९ कात्तिक । कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँ ‘टी थि ‘चेर ह ‘त्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली यु’व’तीको श ‘व भेटिएपछि कुवेत प्र ह रीले अनु’शन्धा’न गर्दा उनको एक भारतीय यु वकले ह ‘त्या गरेको ठ’ह’रिएको छ ।

त्यहाँको प्र ह रीले ती युवकलाई प क्रा उ गरि सोधपुछ गर्दा ती महिला आफ्नो प्र’मि’का भए’को’ र अर्कै केटासँग हि’डेको दे’खेप’छि ह ‘त्या गरेको बताए’का छन् । अरब टाइम्सका’ अनुसा’र घ’ट”नाको छानविन प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीको अनू’श’न्धान’बाट उक्त त’थ्य प’त्ता लगाइएको हो । य’द्यपि प्र ह रीले अहिलेसम्म दुवैजनाको परिचय खुलाएको छैन ।

कुवेतमा ६ महिनादेखि तलबबिना काम गर्दै १५ नेपाली

कुवेतस्थित लारिज ग्रिल क्याट्रिङ कम्पनीमा कार्यरत १५ जना नेपाली युवा पारिश्रमिक बिना काम गर्न बाध्य भएका छन् । उनीहरूले ६ महिनादेखि पारिश्रमिक पाएका छैनन् । उनीहरू काठमाडौँमा रहेको कास्की ओभरसिज म्यानपावरमार्फत विगत १७ महिना अघि कुवेत पुगेका थिए । कम्पनीले उनीहरूलाई कोभिड–१९ को कारण देखाउँदै ६ महिनादेखि तलब नदिएको त्यहाँ कार्यरत कास्कीका दिलबहादुर विश्वकर्माले बताए ।

उनले १५ जनामध्ये ४ जनालाई कम्पनीले बन्धकजस्तै बनाएर कोठामा राखेको बताएका छन् । कामदारलाई कम्पनीले एकै ठाउँ नराखी फरक फरक क्याम्पमा राखेको छ । ‘कम्पनीले सुरुदेखि नै तलब समयम उपलब्ध गराएको थिएन, पछि झन् कोरोनाको कारणले बिजनेस नभएको भन्दै काम मात्र लगाउँछ, तलब दिँदैन,’ काठमाडौँका सुनिल तामाङले भने, ‘काम नगरे कुछट्न्, काम नगरे जे पनि हुन् सक्छ धम्क्याउने गरेका छन् ।’

कुवेतस्थित नेपाली दूतावासमा गुनासो गर्दा पनि खासै चासो नदिएको सुनिलको अरोप छ । उनले आफूहरूको उद्धारका लागि आग्रह गरेका छन् । कुवेतमा रहेका सामाजिक अभियन्ता चन्द्र पाइजा पुनमगर मार्फत सम्पर्कमा आएका उनीहरूले आफूहरूलाई पठाउने म्यानपावर कम्पनीलाई पनि समस्या जानकारी गराएको तर समाधान नभएको बुटवलका अनिलबहादुर सुनारले बताए ।

अनिलका अनुसार म्यानपावर कम्पनीले एकदुई दिनमा समाधान हुन्छ भन्दै झुक्याउनले गरेको छ । काम गरेको तलब नदिए पनि टिकट काट्ने पैसा र पासपोर्ट फिर्ता पाए आफूहरू स्वदेश फर्किन तयार रहेको उनीहरूको भनाइ छ । म्यानपावर कम्पनी र दूतावासले उद्धारका लागि कुनै सहयोग नगरेको उनीहरूको आरोप छ ।

उनीहरूले आफूहरूको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्‍याइदिन विभिन्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । दशैँका कारण दूतावास र म्यानपावर बन्द रहेकोले सम्पर्क हुन सकेन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− six = four