अभिनेता राजेशले गरिबलाई दिए ३ करोडको जग्गा, सुकुम्बासी रातारात बने करोडपति

काठमाडौ । महानायक राजेश हमाल पैत्रिक सम्पत्तीका कारण पनि सम्पन्नशाली छन् । सम्पन्नशाली परिवारमा जन्मिएका हमाललाई उनका बुवाले डाक्टर बनाउन चाहन्थे । तर उनी बुवाको इच्छा विपरित कलाकार बने । त्यसैले उनको बुवासंग त्यती राम्रो सम्बन्ध पनि भएन ।

अन्तिम अवस्थामा पनि बुवालाई राम्रो सेवा गर्न नपाएकोमा हमाललाई अहिले पनि पछुतो छ । महानायकले गरेको एउटा योगदानका कारण अहिले ४ वटा विपन्न परिवार करोडपति बनेका छन् । उनले करिब ३ करोड मुल्य पर्ने जग्गा चार परिवारलाई दान दिएका छन् ।

फलामको काम गर्ने र खेती किसानी गर्ने थारु समुदायका परिवारलाई राजेश हमाल र उनका भाई राकेश हमालले ३ कठ्ठा जग्गा दान दिएका हुन् । यस अघि राजेश हमालकै परिवारलाई कामले सहयोग गर्नेहरुलाई उनीहरुले जग्गादान दिएका हुन् । हमालकै जग्गामा कमाएर खाने, फलामको काम गर्नेहरुलाई जग्गादान दिएका हुन् ।

चितवनमा रहेको सिजी ग्रुप नजिकको जमिन जसको अहिले एक कठ्ठाको झण्डै एक करोड रुपैया पर्छ । उनले आफ्नो परिवारको आश्रयमा बसेकाहरुलाई जग्गा दान दिएका हुन् । उनीहरुको जग्गामा आश्रय लिएर बसेकाहरु हमालको जग्गा निकै धेरै रहेको बताएका छन् । राजेश हमालको हजुरआमाको नि’धन हुनुअघि उनकै इच्छा बमोजिम ति परिवारलाई जग्गा दान दिइएको हो ।

हमाललाई आफ्नो जग्गा जमिन कति छ भन्ने समेत सायद थाहा छैन होला । जवलपुरमा हमालको अथाह जमिन थियो नवलपरासीको नवलपुरमा लामो समय सम्म बसेका हमालको त्यहाँ अरव मुल्य पर्ने जमिन छ । राकेश नि’धन हुनु अघि यो जमिनमा जाने गर्थे । जग्गा दान दिएकाहरुलाई पनि भेट्ने गरेका थिए । दुई वर्ष अघि मात्र हमाल परिवारले दान दिएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty four = twenty eight