सुपा देउराली मन्दिरको दर्शन गरि आज २८ गते शुक्रबारको राशिफल पढ्नुहोस् ! २४ घण्टामा शुभ समचार सुन्न पाउनु हुनेछ !

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल कार्तिक २८ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२। कार्तिक कृष्णपक्ष । तिथि– त्रयोदशी, २४ घडी २८ पला,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५६ पला । यम–पञ्चक (तिहार)। धन–त्रयोदशी।

मेष : व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिने समय रहेकोछ । साझेदार हरुविच मन मिल्ने हुदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्ने छ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रे’म तथा मित्रताको ब’न्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।

बृष : बिहानको समय मध्ययम रहेकोले सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रे’ममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्ने छ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्स’टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रे’ममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

मिथुन : पढाइ लेखाइमा भनजस्तो प्रगती नहुदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भने जस्तो आम्दानी नहुने हुँदा दैनिक कामहरु प्र्रभावित हुनेछन् । माया प्रे’ममा एक अर्कालाई अविस्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भा वना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट स’म्बन्धी समस्या आउन सक्छ ।

कर्कट : कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिने छ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कूल कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ ।

सिंह : दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मनपर्ने साथिका साथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक स’म्पती जोड्न पाउदा मन हर्सित हुनेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

कन्या : समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कु’टुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रे’ममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

तुला : राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने छ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहने छ । आत्म विश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा वि’लासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेकोछ ।

बृश्चिक : समयको सहि सदुपयोग गरी विदेशि लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिने छ । कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । मध्यान्हबाट व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मन मु’टाव बढ्ने योग रहेकोछ भने माया प्रे’ममा धोका हुन सक्छ सचेत रहनुहोला ।

धनु : साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रे’ममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पै’त्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर : नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रे’मको ब’न्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

कुम्भ : व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नुनै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । समयमा काम नसकिने हुदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धा’र्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ ।

मीन : साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फ’स्टायर जानेछ। पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ। माया प्रे’म तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् । यूवा ज्योतिषी डिपी भण्डारी ज्योतिष परामर्ष सेवा केन्द्र। कोटेश्वर, काठमाडौं फोन न.९८०८३०७२७५ नोट:चिना तथा टिप्पन वनाउन, चिना हेराउन तथा वास्तुसँग सम्बन्धीत जानकारिको लागी अवस्य सम्झनु होला ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty − seventeen =