
काठमाडौं- हास्य कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । दशैँको समयमा कोरोना संक्रमित भएका गजुरेल ११ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् । कोरोना संक्रमित भएर स्वास्थ्यमा समस्या आएपछि गजुरेल बलम्बुस्थित एपीएफ कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए ।
‘११ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेको छु’, गजुरेलले सामाजिक सञ्जालमार्फत भने, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कने छु ।’
उनले उपचार सेवा प्रदान गर्ने बलम्बिुस्थित एपीएफ अस्पताल, परिवारका सदस्यका साथै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।
Facebook Comments Box