मुक्तिनाथ मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्, सोचेको सबै काम बन्नेछ ! मंसिर २१ गते । आईतबार

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल मंसिर २१ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–षष्ठी, २४ घडी ४० पला,बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त सप्तमी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०१ पला ।

मेष : पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिने छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजबुत हुने छ । आफ्नो मानिसबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ। प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा वं’श बृद्धिको गतिलो योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलो चना सहितको समर्थन प्राप्त हुनेछ ।

वृष : विभिन्न अवसर आएपनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ। व्यापार व्यवसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ। राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले जनताको आ’लोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फ’स्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मिथुन : आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाइन ग्रह योग रहेको छ । दाजुभाईहरुसँगको स’म्बन्धमा नयाँपनको विकास हुने छ । छोटो दुरीको व्यवसायिक यात्रा तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । माया प्रे’ममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट : बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा कामहरु हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईंको कामदेखि खुसी हुनेछन् । पारिवारिक माहोलमा सहभागी भइ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रे’ममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्यमय रहेकोले राजनीति तथा सामाजिक काममा जनताको आ’लोचनात्मक समर्थन रहनेछ ।

सिंह : बिहानको समय मध्यम रहेकोले स्वास्थ्य स’म्बन्धी सामान्य सम’स्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रे’ममा एक अर्कालाई शं’का गर्नाले मन मु’टाव सिर्जना हुने छ । मध्यान्हबाट दिगो फाइदा हुने व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्ति को गतिलो सम्भावना रहेकोछ ।

कन्या : बिहानको समय राम्रो रहेकोले माया प्रे’मको ब’न्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ। खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाइदा हुनेछ। दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । तर पनि स्वास्थ्यसम्बन्धि समस्या बढ्ने तथा खर्चालु समय रहेको छ।

तुला : आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फ’स्टाएर जानेछ भने पैत्रिक धन सम्पत्तिको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिने छ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धी कामहरुबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

बृश्चिक : सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिने छ । व्यापार व्यवसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जागर आउने छ । रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने छ । जागीर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।

धनु : भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ। धा’र्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ। प्रे’ममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पीत्त तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर : बिहानको समय राम्रो रहेकोले व्यापार व्यवासायबाट मनग्गे आम्दानी हुनेछ । रमाइलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्बन्धित कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ

कुम्भ : बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरु घट्न सक्छ । प्रे’ममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।

मीन : आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ। व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदा’लती निर्णयहरु तपाईंकै पक्षमा आउने भएको हुनाले न्या’य पाएको अनुभुति हुनेछ । प्रे’ममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = nine