कालिञ्चोक भगवतीको कृपाले सबको मनोकामना पूरा होऊन्, ॐ लेखेर शेयर गर्दै पढ्नुहोस् मंसिर २४ गते । बुधबारको राशिफल

ज्योतिषि डिपि भण्डारी : विसं.२०७७ साल मंसिर २४ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्री शाके १९४२ । मंसिर कृष्ण पक्ष । तिथि–नवमी, १२ घडी १५ पला, बिहान ११ बजेर ३८ मिनेट उप्रान्त दशमी । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५७ पला ।

मेष : मु’द्दा मामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयुक्त हुनेछ किनकी आज आउने फैसला तपाईंको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यव स्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्ने छ । पुराना समस्या पुनः बल्झन सक्छ वा ऋण लाग्नेछ, ध्यान दिनुहोला ।

वृष : व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नु पर्ने छ । माया प्रे’ममा धो’का हुन सक्छ भने एकोहोरो माया प्रे’मले सताउनेछ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग हुने छैन । वौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।

मिथुन : सामाजिक काम गर्दा ध्यान दिनुहोला, प्रतिस्पर्धीहरुले तपाईंको साख गिराउन खोज्नेछन् । खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हाँसिल हुन मुस्किल रहेको छ । घर जग्गा तथा स्थाई सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समय मध्ययम रहेको छ ।

कर्कट : व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी नभएपनि घाटा लाग्ने छैन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला, गन्तव्य पहिल्याउन मुश्किल पर्नेछ । माया प्रे’ममा नजिक हुँदा अविश्वास बढ्ने हुनाले आजको दिन टाढै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाइसँग सानो कुरामा वि’वाद बढ्नेछ भने गैर न्यायिक कामहरु नगर्नुहोला समय तपाईंको पक्षमा रहेको छैन । खेलकुद तथा साहसिलो क्षेत्रमा पनि तपाईंंको पक्षमा नतिजा नआउन सक्छ ।

सिंह : अध्ययनमा रुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । प्रे’ममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्का लाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या : सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा स’मस्या आउन सक्छ । पठन पाठनमा ध्यान जाने छैन भने विभिन्न अव सर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साँघुरिने छन् ।

तुला : आफन्त तथा परिवारकै सदस्यहरु बाट सहयोग नपाइने हुँदा कामहरु थाती रहने छ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनिति अपनाउनु होला । माया प्रेममा अरुकै नका’रात्मक टिका टिप्पणीले मन मु’टाव बढ्ने योग रहेको छ भने पति प’त्नी बीच अ’विस्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी स’मस्या आउने छ । लामो दुरीको विदेश यात्रा तय हुनेछ ।

बृश्चिक : विभिन्न भौतिक तथा वि’लासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिने छ। आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फ’स्टाएर जाने छ । बैक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रे’ममा नजिक हुने समय रहेको छ ।

धनु : राज्यबाट अनावश्यक झै झ’मेला भोग्नु पर्ने छ भने सेवा प्रवाह गर्नेहरुले तपाईंको काम समयमा नगर्दिनाले महत्वपूर्ण उपलब्धी गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साँ’घुरा भएर जाने छन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धी अरुकै पोल्टोमा पर्नेछ । माया प्रे’ममा सामान्य अविश्वास सिर्जना हुने योग रहेको छ । आफ्नो धन सम्पत्तिमा अरुले नै अधिकार जमाउन खोज्नेछन्, ध्यान दिनुहोला ।

मकर : आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । लामो दुरीको धा’र्मिक तथा शैक्षिक यात्रा तय गर्न सकिनेछ । धा’र्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सं’स्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भने जस्तो नतिजा हात पार्न सकिनेछ । प्रे’म तथा मित्रताको ब’न्धन कसिलो भएर जानेछ भने दा’म्पत्य जीवन खुसी रहनेछ ।

कुम्भ : समय तथा परिस्थितीको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नु होला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरे पनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजाँदा गुरुवर्ग तथा आफन्तको गा’ली खाईने छ ।

मीन : पर्यटकीयय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रे’म तथा पति प’त्नी बीचको स’म्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty nine ÷ = thirty nine