पाथिभरा माताले हामी सबैको मनोकामना पुरा गरुन, पौष १५ गते बुधबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

वि.सं.२०७७ साल पौष १५ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–पूर्णिमा,०४ घडी ३२ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–आद्र्रा,३० घडी ५७ पला,बेलुकी ०७ बजेर ०७ मिनेट उप्रान्त पुनर्वशु । योग–ब्रम्ह,२४ घडी १५ पला,बेलुकी ०४ बजेर ३८ मिनेट उप्रँन्त ऐन्द्र । करण–बव,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५३ पला । योमरी पुन्ही । तमु ल्होसार । उँधौली पर्व । धान्य पूर्णिमा । गैडु पूजा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अल्छी गर्ने बानिले महत्वपुर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयको ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमटाबको सिर्जना हुनेछ भने आम्दानिका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानि गर्ने अवसर आएपनि समयले साथ नदिदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद गर्नु पर्दा मानशिक तनाब बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसायमा मन्दिा आउनेछ भने पुराना बाकी रहेका रुपैया पैसा नउठ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्त तथा दाजुभाईहरुले असयोग गर्नेछन् भने माया प्रेममा मनमुटाब सिर्जना हुनेछ । सरकारि स्रोत तथा पैत्रिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरुबाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपूर्ण कामहरु थालनि गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ भने बौद्धिकताको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × = forty two