यी राशिहरुको लागि आज निकै फाईदाजनक ! हेर्नुस आजको राशिफल ! पौष २३ गते । बिहीबार

वि.सं.२०७७ साल पौष २३ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–नवमी,३८ घडी ४९ पला,बेलुकी १० बजेर २९ मिनेट उप्रान्त दशमी । नक्षत्र–चित्रा,१९ घडी ५१ पला,दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त स्वाती । योग–सुकर्मा,३४ घडी ४२ पला,बेलुकी ०८ बजेर ५० मिनेट उप्रान्त धृति । करण–तैतिल,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २६ घडी ०२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढ्नेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु थालनी गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्न पाउँन मन प्रफुल्लित हुनेछ । मित्रताको बन्धन कसिलो हुँनुको साथै प्रेमले वैबाहिक मार्ग अबलम्बन गर्न सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

हुलमुलमा बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आर्थिक रुपमा केहि कमजोरी भएको महशुष हुनेछ । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने हुदा अरुभन्दा पछि परिनेछ । माया प्रेमम नजिक हुदा हुदैपनि एक अर्काको भावना बुझ्न नसक्दा मनमुटाब बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ । लेखनकला तथा साहित्यको पाटो थाति रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा माया प्रेममा अबिश्वास बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साहित्य तथा रचनात्मक क्षेत्रमा समय लगानि गरि नाम कमाउन सकिनेछ । माता पिताको आशिर्वादले समाजमा राम्रा काम गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ भने जीवन साथिको भरपुर सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नया प्रकृतिको खोज तथा अनुशन्धानबाट भनेजस्तो सफलता हात लाग्नेछ । शिक्षा पेशा तथा अध्यात्म क्षेत्र सँग सम्बन्धित कामहरु फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− six = four