माघ महिनाको पहिलो दिन तपाईंका लागि कति फलदायी ? हेर्न्नुस् आजको राशिफल

ज्योतिषि डिपि भण्डारी : वि.सं. २०७७ साल माघ ०१ गते । बिहीबार । इस्वी सन् २०२१ जनवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा, ०६ घडी १२ पला, बिहान ०९ बजेर २७ मिनेट उप्रान्त द्वितीया । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २६ घडी १६ पला । चन्द्रोदय । माघसङ्क्रान्ति, माघीपर्व ।

मेष : सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ। व्यापार व्यावसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागिर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।

बृष : यात्रा गर्दा ध्यान दिनुहोला, लामो दूरीको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधहरुको सामना गर्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ । धार्मिक स्थल तथा मन्दिरतिर गई दर्शन गर्न सकिनेछ । पढाइलेखाइ तपार्ईं आफ्नै कारणले बिग्रने सम्भावना रहेको छ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बग्रने तथा जरिवार तिर्नु पर्नेछ ।

मिथुन : वाद वि’वाद तथा झैझगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थायी सम्पत्ति हानि हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घरपरिवार तथा चेली माइतीबीच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

कर्कट : जीवन साथीको सहयोगले नाफामूलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मानव निर्मित भौतिक सम्पत्ति तथा विलाशी सामान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रे’ममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

सिंह : विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा शत्रुबाट छुटकरा पाउने समय रहेको छ। राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । माया प्रे’ममा सा’मीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कन्या : खानपानमा विशेष ध्यान दिनुहोला, पेटसम्बन्धी स’मस्या आउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने छ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दी आउनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । माया प्रे’ममा नचाहँदा नचाहँदै एक अर्कबीच छुट्टिनु पर्दा मनमा खल्लोपन महसुस हुनेछ ।

तुला : घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घा’टा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगति भएर जानेछ । राजनीति तथा समाज सेवामा जनताको आ’लोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मन मु’टाव वढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुन सक्छ सजग रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी सम’स्या आउन सक्छ ।

बृश्चिक : मु’द्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरुलार्ई प’रास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दूरीको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भने जस्तो उपललब्धि हासिल हुने छ । विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

धनु : विभिन्न सभा समारोहमा सहभागी भई मीठो मसिनो भोजन ग्रहण गर्ने अवसर आए पनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । माया प्रे’मका को’पिलाहरु फ’क्रन पाउने छैनन् ध्यान दिनु होला । व्यापारमा उधारो लाने तथा रुपैयाँ पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मन मु’टाव हुने अधिक सम्भावना रहेको छ तापनि होटल तथा रेस्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।

मकर : कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जाने छ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछिपार्दै नतिजा आफैँतिर ल्याउन सकिने छ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिने छ ।

कुम्भ : व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ। पढाइ लेखाइमा तपार्ईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । माया प्रे’ममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी स’मस्या आउने योग रहेको छ ।

मीन : भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्य आम्दानी गर्न सकिनेछ । आय स्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रे’ममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लखाइमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty two − = 34