सुपा देउराली मन्दिरको दर्शन गरि आज माघ ०२ गते । शुक्रबारको राशिफल पढ्नुहोस् ! २४ घण्टामा शुभ समचार सुन्न पाउनु हुनेछ !

ज्योतिषि डिपि भण्डारी : वि.सं. २०७७ साल माघ ०२ गते । शुक्रबार । इस्वी सन् २०२१ जनवरी १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–द्वितीया, ०४ घडी ५१ पला, बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त तृतीया । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट । दिनमान २६ घडी १८ पला । राष्ट्रिय भूकम्प दिवस ।

मेष : नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा सरहका मानिसबाट तपार्ईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एकअर्कालाई विस्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

वृष : सरकारी तथा दैनिक काम गर्दा ध्यान दिन होला अप्रिय निर्णयको शिकार होइयला । लामो दूरीको धा’र्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अव’रोधहरुको सामना गर्नुपर्दा मन खि’न्न हुनेछ । पढाइ लेखाइमा दिएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी स’मस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घरपरिवार तथा आफन्तबीच मन मु’टाव बढ्ने योग रहेको छ ।

मिथुन : नसोचेका ठाउँमा रुपैयाँ पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । माया प्रे’ममा एकअर्कालाई अविश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमा उन दिनभर जसो समय दिनुपर्नेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लागनी भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला । उपाचार खर्च बढ्ने योग रहेको छ ।

कर्कट : दा’म्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सु’खद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने छ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रे’ममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

सिंह : काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईंकै पक्षमा आउनेछन् भने वि’वादित विषयहरु आफ्नै पक्षमा फै’सला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टा’एर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुँदै जानेछन् । प्रे’म तथा मित्रताको ब’न्धन कसिलो हुनुको साथै जीवन साथीको हरेका पाइलामा समर्थन पाइने योग रहेको छ ।

कन्या : पढाइ लेखाइमा मिहिनेत गरे अनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनुपर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला नराम्रो घट्ना हुन सक्छ । मायाप्रेममा एक अर्काबीच नचाहाँदा नचाहाँदै छुट्टिनुपर्दा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा नताको आलोचनात्मक समर्थन रहनेछ ।

तुला : पहिलेका कमिकमजोरी सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा वि’वाद बढ्ने योग रहेको छ। पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ ।

बृश्चिक : न्यायिक निर्णयहरु तपार्ईंकै पक्षमा आउनेछ भने प्र’तिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिने छ । विद्यामा तपार्ईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पति प’त्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ ।

धनु : विभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछिपरिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेको छ । सभा समारोहमा तयारी बिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महसुस हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा विशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

मकर : राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्य आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भने जस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रे’ममा एकअर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

कुम्भ : व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला । अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनु होला । पढाइ लेखाइमा अरुभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला । काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् ।

मीन : व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने इच्छित चाहना पूरा हुने हुनाले मन चङ्गा हुनेछ । भूमि, बाहन तथा पैत्रिक सम्पत्तिको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy one = 81