केदारनाथ भगवानको दर्शन गर्दै हेर्नुस आजको राशिफल २४ घण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुनेछ ! माघ ०४ गते । आइतबार

ज्योतिषि डिपि भण्डारी : वि.सं. २०७७ साल माघ ०४ गते । आइतबार । इस्वी सन् २०२१ जनवरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–चतुर्थी, ०५ घडी ५८ पला, बिहान ०९ बजेर २१ मिनेट उप्रान्त पञ्चमी । चन्द्रराशि–कुम्भ । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २६ घडी २३ पला ।

मेष : आम्दानीका बाटाहरु एक्कासि बन्द हुँदा दैनिक रुपमा चलिरहेका काम प्रभावित हुनेछन् । विवादित विषयको उठान नगर्नुहोला, आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइलेखाइमा मन नजाँदा अरूभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन केही समय कुर्नुपर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण वि’वाद हुने योग रहेको छ । चाहेका वस्तुहरु समयमा उपलब्धि नहुँदा मन खिन्न हुनेछ ।

बृष : पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा गरि रहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्य धन तथा सम्पत्ति कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलाप पनि ध्यान जानेछ ।

मिथुन : लामो दूरीको धा’र्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भए पनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरूकै पोल्टोमा पर्ने छ । नयाँ योजना बनाउन सकिने भए पनि सरकारी स्तरबाट सहयोग नपाइँदा लागू गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा तत्काल लगानी गरिहाल्ने समय नरहेकाले केही समय पर्ख र हेरको रण’नीति अपनाउनु होला ।

कर्कट : सानातिना घरेलु समस्याले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको काम बि’ग्रने तथा अरूकै पोल्टोमा जाने छन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फ’स्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ ।

सिंह : अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रे’म गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन। रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्य नाफा कमाउन सकिनेछ । दा’म्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहको छ ।

कन्या : श’त्रु तथा प्रतिस्पर्धीहरु आइ लाग्ने भए पनि अन्तत तपार्ईंको क्षमता देखेर आफै साइड लाग्ने छन् । स्वास्थ्य सम्बन्धी पुराना सम’स्या ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्ने छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

तुला : शिक्षामा गरिएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नु पर्ने छ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनु होला । अ’प्रिय घट्ना हुन्न भन्न सकिन्न । माया प्रे’ममा अविस्वास बढ्ने तथा पतिपत्नीबीच एकअर्कालाई श’ङ्काको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी सम’स्या नआउला भन्न सकिन्न ।

बृश्चिक : आमा तथा आमा सरहका मानिससँग वि’वाद बढ्ने योग रहेको छ । सामान्य छा’ती सम्बन्धी स’मस्या आउन सक्छ, ख्याल गर्नु होला । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्‍याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फ’स्टाएर जानेछ ।

धनु : पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्य आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाइलेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अ’दालती निर्णयहरु तपार्ईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।

मकर : बचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरु तपार्ईंदेखि टाढिन सक्छन्, ध्यान दिनु होला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सम’स्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछि पश्चाताप हुने छ । पढाइलेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ । अरूका लागि समय र श्रम खर्च हुनेहुँदा आफ्नो काम थाति रहनेछन् ।

कुम्भ : सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुने छ । राजनीतिकर्मीले सर्वसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्ने छन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफै तिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा वि’लाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रे’ममा सा’मीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।

मीन : समयको सही सदुपयोग गरी विदेशी लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिका लागि लामो दूरीको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिँदैन । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त बीचनै मन मु’टाव बढ्ने योग रहेको छ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला । तपाईंको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = 35