
काठमान्डौं : गायक एबं सर्जक कमल खनालको नयाँ सांगीतीक कोसेली “रुमाल” सार्वजनिक भएको छ । यस गीतमा कमल खनाल र अञ्जु पन्तको स्वर रहेको छ भने कमल खनालकै शब्द, संगीत रहेको छ ।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेती र बिनोद अधिकारीको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु पल शाह र गरिमा शर्माको अभिनय रहेको छ । यस गीतलाई कमल खनालको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।
Facebook Comments Box