खुसिको खबर ! वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलिको घोषणा

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताउनुभएको छ । विहीबार (आज) सुनकोशी–मरिन डाइभर्सन केन्द्र सिन्धुलीको शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री केपी ओलीले वि.सं. २०५१ सालबाट १ सय रुपैयाँबाट सुरु गरिएको वृद्धभत्ता केही समयमा ५ हजार प¥याउने प्रतिबद्धता जाहेर गनुभएको हो । उहाँले भन्नुभयो, ‘२०५१ सालबाट वृद्धभत्ता १ सयबाट सुरु गरेका थियौँ । अहिले तीन हजार पुगेको छ । अब केही समयमै ५ हजार पु¥याउछौं ।’

त्यस्तै उहाँले देशको राजनीतिक अवस्थालाई लिएर दाहाल–नेपाल समूहलाई लक्षित गर्दै पिलो निचोरिँदैमा ओजन नघट्ने बताउनुभयो । अहिलको कम्युनिस्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको पनि उहाँको दाबी गर्नुभएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy − sixty four =