अन्ततः रहेनन कन्चन,लाख कोसिस गर्दापनि बचाउन सकिएन…हेर्नुहोस

काठमान्डौं : अन्ततः रहेनन कन्चन,लाख कोसिस गर्दापनि बचा,उन सकिएन । आज यो संसार छो,डेर बि,दा भए कञ्चन सवै नेपालि लाई रु,वाउँदै ।

यस्तै काठमान्डौं स् संसदभित्रको अंकगणित आफ्नो पक्षमा नहुने देखेपछि बालुवाटार निकट नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामाको सुझाव दिएका छन् । स्रोतका अनुसार सांसद ता’नाता’नमा पनि सोचेजस्तो सफलता प्राप्त नभएपछि उनीहरु प्रधानमन्त्रील़ाई पार्टी फु’टाएको र छँदा खाँदाको सरकार नेपाली काङ्ग्रेसलाई बुझाएको दोष नलागोस् भन्नेमा सतर्क देखिएका छन् । सांसद तान्ने काममा महेश बस्नेतहरुले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको उनीहरुको विश्लेषण छ।

आइतबारको संसद बैठकमा अविश्वासको प्रस्ताव दर्ता हुनुपूर्व नै ओलीलाई राजीनामा गराउन उनीहरु सक्रिय रहेको बताइन्छ । प्रचण्ड९माधव समूहको आजको संसदीय दल बैठकमा ओली पक्षले अनुमान गरेभन्दा धेरै सांसदको उपस्थिति देखेपछि प्रधानमन्त्रीको खास भनेर चिनिएका नेताहरु राजीनामा गराउने प्रयासमा जुटेको स्रोतको भनाइ छ । यद्यपि प्रधानमन्त्री ओलीको स्वभाव र कार्यशैलीका कारण उनीहरुको प्रयासले सार्थकता पाउने सम्भावना भने कमजोर छ ।

ओलीलाई सहज राजीनामा गराएर पार्टी एकता बचाउने र सरकारको नेतृत्व पनि वामधारमै राख्ने गरी अर्को पक्षको पनि दौडधुप चलिरहेको बताइन्छ। त्यसमा ओली पक्षका केही बैचारिक भनिएका नेताहरु पनि छन्। वामपन्थी धारबाटै सरकारको नेतृत्व हुनुपर्छ भन्ने मत राख्दै आएका नेकपाका एक नेताका अनुसार ओलीले राजीनामा गरेर सहज निकास दिनुपर्छ भन्नेमा ओली समूहकै धेरै नेताहरु एकमत् रहेको बताइन्छ । तर,अरुका कुरा नसुन्ने ओलीको स्वभावका कारण त्यस्तो मत खासै प्रभावकारी बन्न नसकेको उनीहरुको बुझाइ छ ।

देउवालाई छाड्नु भन्दा वामधारकै कसैलाई दिनु उपयुक्त हुन्छ भन्ने मतको प्रभाव र देउवासंगको सेटिङ भत्किएका कारण ओली राजीनामाको बाध्यात्मक अवस्थामा पुगेको अनुमान पनि गरिएको छ। यद्यपि सहज राजीनामा आउनेमा भने आशंका छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight + one =