बुढानिल्कण्ठको दर्शन गरि आजको राशिफल सेयर गर्नुहोस् तपाईंले सोचेको कुरा सबै पूरा हुनेछ !! असोज ०८ गते । बिहीबार

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल असोज ०८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्री शाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–अष्टमी ,४४ घडी २४ पला,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त नवमी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ०६ पला । अष्टमी व्रत।

मेष : धा’र्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानि गर्न सकिनेछ । नया काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ। सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानि हुनेछ भने व्यापार व्यावसाय फस्टा एर जानेछ ।

बृष : व्यक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानि भने न्युन हुने छ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदि बहिनि सँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाई लेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ ।

मिथुन : व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुदा भौतिक सम्पति तथा बिलाशि बस्तुहरु जोड्न सकिनेछ। लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नि बिच आत्मियता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिने हरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

कर्कट : कुनैपनि प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बि’छोड भएका आफन्त हरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारि कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

सिहं : व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुनेछ। सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ। पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुँने छन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिस बाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहने छ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचे जस्तो आम्दानि गर्न सकिनेछ ।

कन्या : आमा तथा आफन्तसँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाईसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको काराेबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । कृषि तथा सहकारि पेशा व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

तुला : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् ।

बृश्चिक : बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रो सँग परिचालन गरि आम्दानि बढा उन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

धनु : पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दानि हुनेछ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरि समाजमा नाम कमाउन सकिने छ । साभि भाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागि समयले साथ दिनेछ भने नया नया प्रेम प्रस्ताब आउनेछ । बिद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सक्नेछन् ।

मकर : सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुने छ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।

कुम्भ : पछि सम्म फाईदा हुने व्यापार व्यावसायमा लगानि गरि आम्दानि सुनिश्चित गर्न सकिने छ । आर्थिक अभावले रोकिएका कामहरु तिब्र गतिमा सञ्चालन हुने छन् । स्रोत साधनको प्रयोग गरि अग्रगामि छलाङ मार्न सकिनेछ । बैक तथा बित्तिय पेशासँग सम्बन्धित कामहरुबाट आम्दानि बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग थप आत्मिय भाव बढ्नेछ ।

मीन : कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको बिकास हुनेछ भने नया प्रबिधिको प्रयोग गरि समय अनुसार अपडेट होईने छ। व्यापार व्यावसायमा नया प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । कामको खाजिमा हुनेहरुले नया काम पाउने तथा गरिरहनेहरु बढुवा हुन सक्ने योग रहेकोछ । प्रे’ममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाब पाईने हुनाले मन प्रशन्न रहनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 73 = seventy seven